आज मितिः [ndu_today_date] गते

गोरखाको गुम्दामा भदौ आलु मेला हुने

गोरखा

गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा बिगत बर्षहरुमा झैँ यसबर्ष पनि आलु मेला हुने भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले आगामि भदौ १ देखि ५ गतेसम्म गुम्दा आलु मेला २०८३ आयोजना गर्न लागेको हो ।

गुम्दा आलु मेलामा आलु खाने प्रतियोगिता, जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता हुने आयोजक थमरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताउनु भयो। साथै, स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने उहाले जानकारी दिनु भयो।

गुम्दामा उत्पादित आलुको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.