काठमाण्डौं-

इनर ह्वील क्लब बुद्धनगरको चौथो पदास्थापन समारोह सम्पन्न भएको छ । आईतबार काठमाण्डौको ठमेलमा क्यान्सर सरभाईभर ग्रुपद्धारा क्लबको पदास्थापन समारोह सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि तथा संस्थाकी डिस्ट्रिक चियरमेन डा.सृष्टि श्रेष्ठ प्रजापतिले द्धिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो ।प्रमुख अतिथी प्रजापतिले इनर ह्वील क्लब बुद्धनगर अन्य क्लब भन्दा फरक रहेको बताउनु भयो । क्यान्सर पिडितहरुलाई विशेष सहयोग गर्दै आएको यस क्लबले सकारात्मक सोच लिएर प्रतिस्पर्धा भन्दा माथि उठेर काम गर्नेमा आफू विश्वस्थ रहेको जनाउनु भयो । उहाँले क्लबहरुले उदाहरणीय सामाकि सेवा गर्दै आएको अझ क्यान्सर रोेग जस्तो विरामीहरुलाई सहयोग गर्दै आएकोले अझ विस्तृत रुपमा अगाडि बढ्न जन चेतनाको लागि संचार माध्याममा जानु पर्नेमा जोड दिनु भयो । २ हजार भन्दा बढि क्यान्सर रोगिहरुलाई सफल उपचार गर्दै हाल भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा. श्रेष्ठ प्रजापतिले क्लबलाई नगद डोनेशन पनि गर्नु भयो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष नानी मायाँ तामाङले ईन्दिरा प्रधानाङ्गलाई बर्तमान अध्यक्षको रुपमा पद हस्थान्तरण गर्नु भएको थियो । तामाङले अहिले टिम अझ शशक्त रहेको र यसले उचाई लिने बताउँदै उपस्थित सबेलाई बधाई दिदै स्वागत मन्तव्य राख्नु भएको थियो । उहाँले अध्यक्ष प्रधानाङ्गलाई टोकन अफ लभ पनि प्रदान गर्नु भयो ।
अध्यक्षको पद स्वीकृति गर्दै ईन्दिरा प्रधानाङ्गले यस क्लबलाई माया गर्ने सबैलाई धन्यबाद दिदै अझ सक्रिय भएर सामाजिक कार्य गर्दै जाने बताउनु भयो । कार्यक्रममा चार्टर प्रेसिडेण्ट तारा श्रेष्ठ, एनआर ज्ञानु श्रेष्ठ, स्नेग्धता श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

यस क्लबको २०२६ का लागि अध्यक्षमा ईन्दिरा प्रधानाङ्ग, उपाध्यक्षमा स्नेग्धता श्रेष्ठ, निबर्तमान अध्यक्ष नानी मायाँ तामाङ, सचिवमा बबिता शाक्य, कोषाध्यक्षमा गंगादेबी खड्का, आईएसओ उमादेवी घिमीरे, ईडिटरमा सर्मीला लगुन,चार्टर्ड पेसिडेण्ट तारा श्रेष्ठ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सूर्यलक्ष्मी महर्जन, रेजिना कटुवाल, संगीता गोपालबंशि, शोभा श्रेष्ठ, सिर्जना घिमीरे, अनिता प्रधान श्रेष्ठ,संगीता अमात्य, शुशीला लामा र मेनुका बिष्ट रहनु भएको छ ।
कार्यक्रम क्लबकी सचिव बबिता शाक्यले संञ्चालन गर्नु भएको थियो ।