आज मितिः [ndu_today_date] गते

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

Uddar News
Uddar News

गण्डकी-

आर्थिक वर्ष २०८२र८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले पाँच करोड ५८ लाख रुपैयाँ रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।

मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले जानकारी दिए।

उनले दैनिक २०० लिटर र वार्षिक २०० दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताए।

हरेक आवमा कम्तीमा ३० दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढीमा १७ लाख ५० हजार रुपैयाँसम्म प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा शर्माले बताए।

‘किसानलाई प्रतिलिटर दूधमा रु पाँचका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ, कतिपय सहकारीमा माग धेरै हुँदा प्रोत्साहन रकम केही कम पनि हुने गरेको छ,’ उनले भने।

सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा चार प्रतिशत कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी ९६ प्रतिशत किसानलाई वितरण गरिएको छ। रासस

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.