आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

आप्रवासी प्रवेश गरेको भन्दै ईयूले बोलायो आपतकालीन बैठक

आप्रवासी प्रवेश गरेको भन्दै ईयूले बोलायो आपतकालीन बैठक

एजेन्सी- मोरक्कोबाट स्पेनमा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली सङ्घ ९ईयू० ले आपतकालीन बैठक बोलाएको छ । मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको भन्दै सङ्घले आपतकालीन बैठक आव्हान गरेको हो । युरोपेली संघले सेउटामा देखिएको आप्रवासी सङ्कटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ । मोरक्कोबाट झण्डै ६० हजार आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि, २२ सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन् । यता स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन् ।
Read More
सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति

सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति

काठमाण्डौ - सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि १५ दिनभित्र कार्यान्वयन हुने सहमति भएको हो । सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन् । दुवै पक्षबीच लघुवित्त पीडितहरुको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको २०८१ साउन २२ गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजनासहित कार्यान्वयनका लागि १५ दिन भित्र अर्थ मन्त्रालयमा सिफारिस पेस गर्ने सहमति भएको छ । यस्तै, समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, कालोसूची र धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिस गर्ने…
Read More
सक्रिय मनसुनको कारण आज पनि भारी वर्षा हुने

सक्रिय मनसुनको कारण आज पनि भारी वर्षा हुने

काठमाडौँ- देशभर आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा…
Read More
प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोहीको मृत्यु

प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोहीको मृत्यु

काठमाण्डौं- पाकिस्तानमा हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो । शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स दाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् । निर्मल पुर्जाले सन् २०१९ मा…
Read More
सुन र चाँदीको मूल्य गिरावट

सुन र चाँदीको मूल्य गिरावट

काठमाण्डौं- बजारमा सुनको मूल्य र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० निर्धारण भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
Read More
इजिप्टमा मध्यस्थकर्ता र हमास नेतृत्वबीच वार्ता

इजिप्टमा मध्यस्थकर्ता र हमास नेतृत्वबीच वार्ता

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच बार्ता भएको छ । वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको राष्ट्रपति ट्रम्पलेदाबी गर्नुभएको छ । यता हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दाबी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनुभएको छ । यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ । तर हमासनिकट स्रोतका अनुसार सहमतिको मस्यौदामा भारी हतियारहरू प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने उल्लेख रहेको समाचार संस्था रोयटर्सले…
Read More
सप्तरीको राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सप्तरीको राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सप्तरी- सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा बिहान ५स्०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले उक् सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर विष्णुपुर गाउँपालिका सीमासम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
Read More
मोडर्न नेपाल कलेजमा श्रद्धापूर्वक गुरु पूर्णिमा मनाइयो

मोडर्न नेपाल कलेजमा श्रद्धापूर्वक गुरु पूर्णिमा मनाइयो

काठमाडौं, गुरु पूर्णिमाको अवसरमा मोर्डन नेपाल कलेजले विशेष कार्यक्रमको आयोजना गरी गुरुजनप्रति सम्मान व्यक्त गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले गुरुहरूलाई टीका, फूलमाला लगाई दिँदै शुभकामना व्यक्त गरेका थिए। उनीहरुले नृत्य, गीत, कविता वाचन तथा गुरुको महत्त्वबारे प्रकाश पारेका थिए । उहाँहरुले गुरु भनेका ज्ञान, अनुशासन र संस्कारका मार्गदर्शक भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई गुरुको सम्मान गर्नु भएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिनु भयो । कलेजका प्रधानाध्यापक किरण डंगोल, सहायक प्रधााध्यापक किरण भट्ट, शिक्षकहरू रामनारायण राउत, प्रोफेसर डाक्टर सञ्जीव प्रधान, प्रोफेसर डाक्टर फत्त बहादुर केसी,सविता शाह ठकुरी , सविता घिमिरे,पूजा कुइँकेल उपाध्याय, एमडी जिबनराज डंगोल, तथा अतिथि भीम प्रसाद पोखरेल लगायतले शुभकामना व्यक्त…
Read More
पहिरोका कारण राजमार्गका विभिन्न ठाउँमा अवरूद्ध

पहिरोका कारण राजमार्गका विभिन्न ठाउँमा अवरूद्ध

काठमाण्डौं- लगातारको वर्षापछि पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। आज बिहीबार बिहान ७ बजेसम्म ५ वटा मुख्य राजमार्ग ७ ठाउँमा अवरूद्ध छ। ललितपुरको बागमती गाउँपालिका(३ पाङ्दुरमा पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरूद्ध छ। पहिरोका कारण उक्त खण्डमा रातको समयमा गाडी चलाउन समेत रोक लगाइएको छ। मेची राजमार्ग इलाममा पूर्ण अवरूद्ध छ। अविरल वर्षाका कारण इलाम नगरपालिका-९ राजदुवालीमा झापा(ताप्लेजुङ सडक वैशाख २३ गतेदेखि पूर्ण अवरूद्ध छ। त्यहाँ वैकल्पिक बाटो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।भोजपुर नगरपालिका(१ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध छ। यो सडक अहिले एकतर्फी सञ्चालनमा रहेको र वैकल्पिक बाटो समेत सञ्चालनमा छ। काभ्रेमा विपी राजमार्ग अन्तर्गत खुर्कोट(नेपालथोक(कटुन्जेबेसी चल्ने…
Read More
यूएईमा नेपाली श्रमिकलाई भिसासम्बन्धी नयाँ व्यवस्था

यूएईमा नेपाली श्रमिकलाई भिसासम्बन्धी नयाँ व्यवस्था

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्रि जोन र अर्धसरकारी कम्पनीमा जाने नेपाली श्रमिकको संस्थागत भिसा प्रमाणीकरणसम्बन्धी नयाँ व्यवस्था गरेको छ। महावाणिज्यदूतावासले बुधबार सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण भइसकेपछि भर्ना प्रक्रियामा रहेका श्रमिकले श्रम स्वीकृति प्रयोजनका लागि संस्थागत भिसा प्रमाणीकरण गराउँदा सम्बन्धित कम्पनीले तोकिएका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। अब आवेदन फाराम, भिसा प्रमाणीकरण पत्रका दुई प्रति, कम्पनीको छाप र अधिकारप्राप्त व्यक्तिको हस्ताक्षर भएको भिसाको प्रति, वैदेशिक रोजगार विभागको पूर्वस्वीकृति पत्र, स्वीकृत मागपत्र र पावर अफ अटर्नी, एफईआईएमएस प्रणालीबाट म्यानपावर कम्पनीले निकालेको भिसा ब्यालेन्स रेकर्ड तथा कम्पनीका अधिकारप्राप्त व्यक्तिको परिचयपत्र वा अख्तियारीपत्र पेश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.