आज मितिः [ndu_today_date] गते

मोडर्न नेपाल कलेजमा श्रद्धापूर्वक गुरु पूर्णिमा मनाइयो

काठमाडौं,

गुरु पूर्णिमाको अवसरमा मोर्डन नेपाल कलेजले विशेष कार्यक्रमको आयोजना गरी गुरुजनप्रति सम्मान व्यक्त गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूले गुरुहरूलाई टीका, फूलमाला लगाई दिँदै शुभकामना व्यक्त गरेका थिए। उनीहरुले नृत्य, गीत, कविता वाचन तथा गुरुको महत्त्वबारे प्रकाश पारेका थिए ।

उहाँहरुले गुरु भनेका ज्ञान, अनुशासन र संस्कारका मार्गदर्शक भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई गुरुको सम्मान गर्नु भएकोमा आभार व्यक्त गर्दै धन्यवाद दिनु भयो ।

कलेजका प्रधानाध्यापक किरण डंगोल, सहायक प्रधााध्यापक किरण भट्ट, शिक्षकहरू रामनारायण राउत, प्रोफेसर डाक्टर सञ्जीव प्रधान, प्रोफेसर डाक्टर फत्त बहादुर केसी,सविता शाह ठकुरी , सविता घिमिरे,पूजा कुइँकेल उपाध्याय, एमडी जिबनराज डंगोल, तथा अतिथि भीम प्रसाद पोखरेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। अन्त्यमा सबै सहभागीले गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.