आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

आज प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै

आज प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै

काठमाण्डौं- संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आव २०८१र८२ पेस गर्ने कार्यसूचीमा जनाईएको छ। बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीलाई यथाशीघ्र लालपूर्जा वितरण गराउन आवश्यक भएकाले…
Read More
एक लाख घुससहित सूचना प्रविधि अधिकृत तामाङ अख्तियारको नियन्त्रणमा

एक लाख घुससहित सूचना प्रविधि अधिकृत तामाङ अख्तियारको नियन्त्रणमा

काठमाडौँ- नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । आयोगका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसररिसवतबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
Read More
बङ्गलादेशमा दादुरा प्रकोपका कारण सयौं बालबालिकाको ज्यान गयो

बङ्गलादेशमा दादुरा प्रकोपका कारण सयौं बालबालिकाको ज्यान गयो

काठमाण्डौंं- बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको ज्यान लिएको छ । स्वास्थ्य विभागको तथ्याङ्कअनुसार मार्च १५ देखि अगस्टको शुरुसम्मको झण्डै ५ महिनामा दादुरा प्रभावित ८४४ जना बालबालिकाको ज्यान गएको हो । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाजहरूको महासङ्घ र बङ्गलादेश रेडक्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित १० मध्ये ९ परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका छन् । ३५ प्रतिशतलाई औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने २२ प्रतिशतलाई खाना उपलब्ध गराइएको थियो । धेरै प्रभावित परिवार गरिब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ । बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नुपरेका…
Read More
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग

काठमाण्डौ - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत् क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । भेटमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वको डाँगीले विद्युत् क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । इप्पानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत् प्रसारण…
Read More
आज यी तीन प्रदेशमा भारी वर्षा

आज यी तीन प्रदेशमा भारी वर्षा

काठमाण्डौं- जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभर बादल लाग्ने जनाएको छ । विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी…
Read More
रोल्पामा गयो ४.४ म्याग्निच्युडको भूकम्प

रोल्पामा गयो ४.४ म्याग्निच्युडको भूकम्प

काठमाण्डौं- रोल्पाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ३ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरिवाङ आसपास रहेको थियो। भूकम्प बिहान ३ः०७ बजे रेकर्ड गरिएको केन्द्रले जनाएको छ। हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन।
Read More
अभियन्ता दुर्गा प्रसाईं आप्mनै घरबाट पक्राउ परे

अभियन्ता दुर्गा प्रसाईं आप्mनै घरबाट पक्राउ परे

काठमाडौँ - अभियन्ता दुर्गा प्रसाईं आप्mनै घरबाट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका थिए । सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। दुर्गां प्रसाईंलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा सरकारले पटक पटक पक्राउ गर्दै आएको छ।
Read More
ग्यासको अभाव हुँदा देशभरका उपभोेक्तालाइ सास्ती

ग्यासको अभाव हुँदा देशभरका उपभोेक्तालाइ सास्ती

काठमाडौं- एकैपटक देशभर एलपी ग्यासको अभाव हुँदा उपभोेक्ताले सास्ती व्यहोर्नुपरेको छ । निगमले ७.१ केजी तौल आधा सिलिन्डरबाट १४.२ केजीको भरी सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएकोले उपभोेक्ताले सास्ती व्यहोर्नुपरेको हो । उपभोक्ता ग्यासका लागि लाइनमा बसेर पालो कुर्न बाध्य भएका छन् । आधा ग्यास सिलिन्डरबाट एकैपटक पूरा सिलिन्डर बिक्री गर्दा माग ह्वात्तै बढेको र उपभोक्ताले स्टकमा राख्न खोज्दा समस्या भएको निगमको दाबी छ । उपभोक्ता ग्यास सिलिन्डरका लागि पालो कुर्दासमेत नपाएपछि डिपो नै गएर लाइन लाग्न थालेका छन् । यता निगम भने पर्याप्त ग्यास भएको दाबी गर्छ । मागभन्दा बढी नै ग्यास…
Read More
मलेसियाको सिन्डिकेटबारे व्यवसायीहरूको विरोध

मलेसियाको सिन्डिकेटबारे व्यवसायीहरूको विरोध

काठमाडौं- मलेसिया रोजगारीमा हुन लागेको सिन्डिकेटको विरोधमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य र खबरदारी सँगै अघि बढाउने बताएका छन् । वैदेशिक रोजगार व्यवसायका विभिन्न घटक संस्थाहरूले मलेसिया रोजगारीमा हुन लागेको सिन्डिकेटको विरोध गरेका हुन् । हाल १ हजार १ सय १७ म्यानपावर कम्पनी सञ्चालनमा रहेका छन् । त्यसमध्ये मलेसियाले आफ्नो मुलुकमा कामदार लैजान मुख्य २५ र उनीहरू मातहत रहने गरी थप २ सय ५० म्यानपावर कम्पनी छनोटको गृहकार्य गरिरहेको सार्वजनिक भएको थियो । त्यसलगत्तै व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले छुट्टाछुट्टै विज्ञप्तिमार्फत मलेसिया रोजगारीमा सिन्डिकेट सफल नहुने र आम व्यवसायीबाट…
Read More
सरकारी टोली र हिन्दु प्रतिनिधिबिच जनकपुरधाममा वार्ता, १९ बुँदे सहमतिसहित आन्दोलन फिर्ता

सरकारी टोली र हिन्दु प्रतिनिधिबिच जनकपुरधाममा वार्ता, १९ बुँदे सहमतिसहित आन्दोलन फिर्ता

काठमाण्डौं- सरकारी टोली र हिन्दू सम्राट सेना नेपालबिच आज जनकपुरधाममा भएको वार्तापछि १९ बुँदे समझदारी भएको छ। समझदारीसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। जनकपुरधाममा हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले सरकारले आफ्ना मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिनुभयो। बार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी ठहरिए कानुन बमोजिम कारबाही गर्ने विषयमा सहमति भएको छ। वार्तापछि गृहमन्त्री सुधन गुरुङले सरकारले पूर्व १३ बुँदे र थप गरिएका छ बुँदे मागपत्र औपचारिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.