आज मितिः २०८३ श्रावण १९ गते

ग्यासको अभाव हुँदा देशभरका उपभोेक्तालाइ सास्ती

काठमाडौं-


एकैपटक देशभर एलपी ग्यासको अभाव हुँदा उपभोेक्ताले सास्ती व्यहोर्नुपरेको छ । निगमले ७.१ केजी तौल आधा सिलिन्डरबाट १४.२ केजीको भरी सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेसँगै खाना पकाउने ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएकोले उपभोेक्ताले सास्ती व्यहोर्नुपरेको हो ।

उपभोक्ता ग्यासका लागि लाइनमा बसेर पालो कुर्न बाध्य भएका छन् । आधा ग्यास सिलिन्डरबाट एकैपटक पूरा सिलिन्डर बिक्री गर्दा माग ह्वात्तै बढेको र उपभोक्ताले स्टकमा राख्न खोज्दा समस्या भएको निगमको दाबी छ । उपभोक्ता ग्यास सिलिन्डरका लागि पालो कुर्दासमेत नपाएपछि डिपो नै गएर लाइन लाग्न थालेका छन् ।

यता निगम भने पर्याप्त ग्यास भएको दाबी गर्छ । मागभन्दा बढी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार, ३४ हजार मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले ४९ हजार मेट्रिक टन ग्यास आइरहेको बताए । भारततर्फबाट नियमित रूपमा ग्यास बुलेट आइरहेकाले समस्या नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘एकैपटक माग बढ्दा केही अभाव देखिएको हो । दैनिक सय बुलेटभन्दा बढी ग्यास नेपाल भित्रिरहेकाले अभावको अवस्था केही दिनमै साम्य हुन्छ ।’

ठुला चाडपर्व नआउँदै अहिले नै ग्यास अभाव देखिँदा नजिकिँदै आएको चाडपर्वमा अवस्था अझै जटिल बन्न सक्ने भएकाले सरकारले तत्काल आयात बढाएर आपूर्ति सहज बनाउन लाग्नुपर्ने देखिएको छ । सरकारले बिजुलीमा भ्याट लगाउने र ग्यासको आपूर्ति व्यवस्थापनमा कमजोरी देखाउने नीतिका कारण उपभोक्ता मारमा परेको अधिकारकर्मी तिमिल्सिना बताउँछन् ।

पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाइ भएपछि नेपाल आयल निगमले गएको गत फागुन २९ गतेदेखि आधा सिलिन्डर मात्रै ग्यास बिक्रीवितरण सुरु गरेको थियो ।

निगमले आवश्यक मात्रामा ग्यास आयात भइरहेको दाबी गरिरहेको भए पनि त्यो ग्यास कहाँ गइरहेको छ रु उनले प्रश्न गरे, ‘यदि ग्यास आएको हो भने बजारमा किन अभाव भयो रु कालोबजारी भएको हो भने दोषीमाथि तत्काल कारबाही हुनुपर्छ ।’

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.