आज मितिः २०८३ असार २ गते

समाचार

शिक्षा मन्त्रालयले भन्यो – सार्वजनिक विद्यालयमा शुल्क नलिनु

शिक्षा मन्त्रालयले भन्यो – सार्वजनिक विद्यालयमा शुल्क नलिनु

चैत १२, सोमबार, काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ। मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्न÷गराउन आग्रह गरेको हो। संविधानमा भएको निःशुल्क र अनिवार्य शिक्षाको मौलिक हकको व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा उक्त आग्रह गरिएको हो। स्थानीय सरकार सञ्चालन…
Read More
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र बदली

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र बदली

चैत ९, २०८० शुक्रबार काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना छ । हिजो र अस्ति कोशी, मधेश, बाग्मती र गण्डकीका केही ठाउँमा पानी परेको थियो । अरू ठाउँको तुलनामा मधेश र कोशीमा धेरै पानी परेको छ । त्यस्तै मधेश प्रदेशमा पानी पर्ने सम्भावना नभए पनि भोलि फेरि कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना…
Read More
बालमन्दिर जग्गाको गैरकानुनी सम्झौताविरुद्ध अख्तियार आक्रामक

बालमन्दिर जग्गाको गैरकानुनी सम्झौताविरुद्ध अख्तियार आक्रामक

चैत ७, बुधबार काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा लिनेगरी सम्झौता गर्ने बृहस्पति विद्यासदनका सबै पदाधिकारीसँग बयान लिएको छ ।   अख्तियारले बृहस्पति विद्यासदनका तत्कालीन पदाधिकारीहरू पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, मीनुकुमारी जोशीलगायतसँग बयान लिएको हो ।   बालमिन्दरकी तत्कालीन अध्यक्ष रीता सिंहलाई प्रभावमा पारी उनीहरूले बालमन्दिरको २८ रोपनी ५ आना जग्गा आगामी २१३२ सालसम्मका लागि २०७२ सालमा पूरक सम्झौता गरेका थिए । तत्कालीन अध्यक्ष रीता सिंह भने बिरामी भएको भन्दै लामो समयदेखि अख्तियारको बयानमा अनुपस्थित रहँदै आएकी छन् । स्रोतका अनुसार लामो समयसम्म बालमन्दिरको नेतृत्वमा रहेकी…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा तीन गैंडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जमा तीन गैंडा स्थानान्तरण

चैत ७, बुधबार चितवन- चितवन राष्ट्रिय निकुञ्जबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को दिव्यपुरी क्षेत्रबाट दुई वटा गैँडालाई पूर्व ल्याइएको छ। अन्दाजी आठ र १७ वर्षका गैँडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ। निकुञ्जका हात्ती, हात्ती सारे, प्राबिधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन्। निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ। राष्ट्रिय निकुञ्ज…
Read More
पोखरामा डिस्को,दोहोरी साँझ अब रातभरि खुल्ने

पोखरामा डिस्को,दोहोरी साँझ अब रातभरि खुल्ने

चैत ४, आइतबार, पोखरा- पोखरालाई पर्यटकीय राजधानी घोषणासंगै अब डिस्को(दोहोरी साँझ रातभरि खुल्ने भएका छन् । समारोहको बीचबीचमा कलाकारले पोखरा झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे। कलाकारहरुले ‘रेशम फिरिरि’ ‘हङकङ पोखरा’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे।   कलकारहरुको अनुरोधमा प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचेका थिए।   समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि संघ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले…
Read More
नेपाल टेलिकमका इन्जिनियर सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल टेलिकमका इन्जिनियर सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत ४, आइतबार, काठमाडौं- नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ। सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेको पाइएको छ। सो कार्य कानुनद्वार वर्जित भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ। सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट रु ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक लिएको तथा मुनाफाबाट रु एक करोड १६ लाख दुई हजार पाँच सय चार बराबरको भ्रष्टाचार गरेको पाइएको…
Read More
आजदेखि पोखरा देशको पर्यटकीय राजधानी

आजदेखि पोखरा देशको पर्यटकीय राजधानी

पोखरा, चैत ४ आईतबार पोखरालाई आज औपचारिक रूपमा देशको पर्यटकीय राजधानी घोषणा गरिँदैछ। दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रमकाबीच पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन्। कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली निकालिनेछ। कार्यक्रममा वरिष्ठ गायिका हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवान लगायतले सांगितिक प्रस्तुती रहनेछ।   पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन क्षेत्रको विकासमा पर्यटन प्रवर्द्धनात्मक क्रियाकलाप महत्त्वपूर्ण मानिने र राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी…
Read More
शिक्षामन्त्री श्रेष्ठ जनक शिक्षा पुगिन्

शिक्षामन्त्री श्रेष्ठ जनक शिक्षा पुगिन्

काठमाडौँ, चैत ४ आईतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी छन् । पाठ्यपुस्तक छपाइको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुगेकी हुन् । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ । आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले हालसम्म एक करोड…
Read More
रत्ननगर १५ मा अनेमसंघको कार्यकर्ता प्रशिक्षण

रत्ननगर १५ मा अनेमसंघको कार्यकर्ता प्रशिक्षण

रत्ननगर जनता संग नेकपा एमाले अभियान(२०८० अन्तर्गत अखिल नेपाल महिला संघ रत्ननगर(१५ वडा कमिटीले वनभोज तथा प्रशिक्षण कार्यक्रम गरेको छ । पार्टीका नेता तथा रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा एमालेको आगामी कार्यदिशा, पार्टी सुदृढिकरण र संगठन विस्तारका विषयमा प्रशिक्षण दिइएको थियो । अनेमसंघ वडा कमिटी अध्यक्ष मिनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, जिल्ला उपसचिव प्रकाश खनाल शैलेश, नगर अध्यक्ष इश्वरी अर्याल, पार्टीका नेता तथा वडा अध्यक्ष आसिक तामाङ, पार्टी वडा कमिटी अध्यक्ष कृष्ण पन्त, अनेमसंघ नगर कमिटी अध्यक्ष चन्द्रिका महत केसी लगायतको सहभागिता रहेको थियो । मिना भट्टले स्वागत मन्तब्य…
Read More
भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

चैत ४, आइतबार भोजपुर– भोजपुरको हतुवागडीमा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् । उनिहरु घर नजिकै रहेको गोठमा खेलि रहेका थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.