आज मितिः २०८२ जेष्ठ ३२ गते

गोरखामा पहिरोबाट एकै परिवारका ३ सहित ५ जना बेपत्ता

गोरखा —

गोरखाको धार्चे–५ गुम्दामा पहिरो खस्दा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका छन् । आइतबार बिहान २ बजेतिर स्थित रेसेफाँटमा

पहिरोले घर बगाउँदा जितबहादुरको परिवारका ३ सहित ५ जना बेपत्ता भएका हुन् ।
३७ वर्षीय जितबहादुर, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्र्याक्टर चालक २४ वर्षीय रमेश परियार पहिरोमा बेपत्ता भएका हुन् ।

 

सोही गाउँको रेसे खोलामा वाटर इनर्जी प्रालिले जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जितबहादुरको घरको माथिल्लो तलामा रहेका हाइड्रोपावरका ७र८ कामदारले भने भागेर ज्यान जोगाएका छन् । जितबहादुरका एक छोरा र एक छोरी अध्ययनका लागि काठमाडौंमा छन् ।

पहिरोले जितबहादुरको घर र कृषि फार्म रहेको क्षेत्र पूरै ढाकेको छ । दुई वर्षअघि सिङ्लाबाट रेसेफाँट झरेका जितबहादुर बाख्रा, हाँस, बंगुरपालन गरी कृषि फार्म सञ्चालन गर्दै आएका थिए ।उनको घरमा हाइड्रोपावरका कामदार बस्थे ।

पहिरोमा परी धार्चे–५ सिङ्लाका ३५ वर्षीय दिलीप गुरुङ र ट्र्याक्टर चालक छमबहादुर गुरुङ घाइते छन् । पहिरोले बगाएका दिलीप बिहानीपख घाइते अवस्थामा भेटिएका हुन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.