निरु अधिकारी/ चितवन
नारायणगढनजिक नारायणी नदीकिनारमा आइतबार बिहान मानिसलाई आक्रमण गरेको बाघ झण्डै १५ घण्टापछि नियन्त्रणमा लिइएको छ।
आइतबार मर्निङवाकमा हिँडेका नारायणगढ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बिहान ५:२० बजेतिर बाघले आक्रमण गरी घाइते बनाएको थियो।
आक्रमण गर्नै बाघलाई नियन्त्रणमा लिन चितवन निकुञ्जका पशुचिकित्सक र दुई हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकहरू खटिएका थिए।
बाघ नियन्त्रणमा लिन परिचालन गरिएका दुई हात्ती बाघनजिक पुग्दा बाघको गर्जन सुनेर एउटा हात्ती तर्सेर भागेको थियो । अर्को हात्तिको प्रयासले भने बाघ नियन्त्रणमा आएको थियो । खोजीकार्यमा लागेको हात्ती गर्जनले भागेकोले खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।