आज मितिः २०८३ असार २ गते

समाचार

आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली…
Read More
सांसद खड्काले हडपेको स्काउटको जग्गा सिल

सांसद खड्काले हडपेको स्काउटको जग्गा सिल

काठमाडौं- सांसद दीपक खड्काले हडपिएको जग्गा बिहीवार काठमाडौँ प्रशासनले सिल गरेको छ।   गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए।   नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई भाडामा दिएको बताइएको छ।
Read More
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारी

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारी

काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्तिका सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअघि नागरिक उन्मुक्तिका दुई प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा पेश गरेको दाबी प्रदेश प्रमुख मियाँले अस्वीकृत गरेका थिए। सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।
Read More
२९औं वन्यजन्तु सप्ताह : जनकौली सामुदायिक वनमा चरा अबलोकन

२९औं वन्यजन्तु सप्ताह : जनकौली सामुदायिक वनमा चरा अबलोकन

चैत्र ३, सोमबार रत्ननगर - पर्यटकीय नगरी सौराहा नजिक रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा सोमबार चरा अबलोकन गरिएको छ । चितवनमा जारी २९औं वन्यजन्तु सप्ताह अन्तर्गत चराको अबस्ता पत्ता लगाउन र सामुदायिक वनको पहिचानको लागि चरा अबलोकन गरिएको हो । जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेशन सोसाइटी चितवन सौराहा र नेचर गाइड एशोसियसन सौराहाको सहकार्यमा चरा अबलोकन गरिएको छ । चरा संरक्षणकर्मी र नेचर गाइडहरुले सो सामुदायिक वनमा उपकरणको प्रयोग गरी चराको अबस्था हेर्नुका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातीको बारेका जानकारी समेत गराएका थिए । सो सामुदायिक वन…
Read More
गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

बैशाख २, आईतबार, चितवन – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । शनिबार चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई अहिले रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षका सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रेग्मीसँग रहेका पर्यटक भने सकुसल रहेका छन् ।
Read More
मदिरा बिक्रीवितरणमा प्रतिबन्ध

मदिरा बिक्रीवितरणमा प्रतिबन्ध

वैशाख २, आइतबार, इलाम- इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको छ। जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ। शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको…
Read More
कोटेश्वरको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

कोटेश्वरको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

वैशाख २, आइतबार, काठमाडौँ- काठमाडौँमा शनिबार भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२, ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो। दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More
आज इद–उल फित्र, सार्वजनिक बिदा

आज इद–उल फित्र, सार्वजनिक बिदा

चैत २९,बिहीबार, काठमाडौं- इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र ९इद० मनाउँदै छन्। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो। बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको हो। इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । ुजकात ९दान० यही महिनामा दिइन्छ। इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर यो पर्व मनाइन्छ। आज उनिहरुले विहानैदेखि स्नान गरि साथीभाईहरुसंग अंकमाल गरि खुशी साटासाट गर्दछन् ।
Read More
गाउँपालिका अध्यक्ष घले मानव बेचबिखनको आरोपमा पक्राउ

गाउँपालिका अध्यक्ष घले मानव बेचबिखनको आरोपमा पक्राउ

चैत २९, बुधबार, रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो। घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ। एक महिलालाई कुबेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्याएर बन्धक बनाएका थिए। ती महिलाले प्रहरी र संघ संस्थाको सहयोगमा उद्धार भएको थियो। सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ। बीचमा उनी चुनाव लडेर गाउँपालिका अध्यक्ष बनेका थिए।
Read More
डढेलोमा परी उद्धार गरिएका ३ जना नेपाली सैनिकको मृत्यु

डढेलोमा परी उद्धार गरिएका ३ जना नेपाली सैनिकको मृत्यु

चैत्र २८, मङ्गलबार, काठमाडौँ - डढेलोमा परी उद्धार गरिएका ४ जनामा ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । उद्धार गरिएका ४ जना घाइतेमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक जनाको जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको छ भने थप २ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।    
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.