आज मितिः २०८३ बैशाख ५ गते

रोजगारीको राम्रो अवसर छ दुबईमा तर नेपालीले नेपालीलाई ठग्ने प्रवृत्ति बढ्दो छ – नारायण भुषाल

रोजगारीको सिलसिलामा भारत र खाडी मुलुकमा गरेर तीन दशक विताएका नवलपरासी गैडाकोटका नारायण भुषाल यति बेला दुबईमा रहेका छन् । हातमा ईलम भएका दक्ष कामदारहरुले राम्रो तलबमा दुबईमा काम पाउन सक्ने बताउँछन् उनि ।

नेपालमा रोजगारविहीन भएर बसेकाहरु खाडी मुलुकमा हतारीएर जानु भन्दा पनि नेपालमा नै आपूmले केही काम सिकेर तयारी गर्नु पर्ने बताउँदै भुसालले भने, होटलको लागि वेटर, कुक सबैभन्दा राम्रो तलब भएकोले नेपालमा सिकेर आउँदा यहाँ आकर्षक तलब पाउने बताए ।

नारायण भुषालसंग सामान्य होटल देखि पाँच तारे होटससम्म काम गरेको अनुभव छ । एसएलसिसम्मको अध्ययन गरेर १८ बर्षको उमेरमा भारतमा वेटरबाट काम शुरु गर्दै ६ बर्ष विताए पछि चार वर्ष कतारमा सन् २००१ देखि २००४ सम्म अवला क्याटरीङमा काम गरि सकेका छन् ।

 

चार बर्ष कतारको रोजगारी पछि नेपाल फर्केका भुषाल नेपालको बेरोजगारको अवस्थाले पुन सन् २००७ डिसेम्बरमा दुबईमा भिजिटमा प्रवेश गरे । वेटर र कुकको काममा दखल उनि दुबईको दुबई ईण्टरनेशनल होटलमा कुकको काम गर्न थाले । राम्रो आम्दानि गरि रहेका उनले अझ राम्रो आकर्षक तलब पाउने भएकोले ६ बर्ष पछि कम्पनि चेञ्ज गरेर मास्टर कुकमा काम गर्न थाले ।

 

अलसाय कम्पनि खाडी मुलुकमा सबै ठाउँमा भएकोले उनलाई फेरी केहि समयको लागि यहि कम्पनिमा कतार लगियो उनलाई । करीब १४ महिना पछि पुन दुबई आएका भुषाल कुबेतमा रहेका यहि कम्पनिमा अझ राम्रो तलब भएकोले कुबेत जाने तर्खरमा थिए तर त्यति नै बेला विश्वभर कोरोनाको महामारि फैलियो र उनि नेपाल जानु प¥यो । ३ बर्षको नेपाल बसाई पछि उनि पुन दुबई भिजिटमा फर्किए ।

 

दुबईको एक क्याफेमा काम गर्दा गर्दै अब आप्mै केहि सोच बनाएर होस्टल शुरु गरेका भुषालले करीब ३० जना नेपालीलाई खाना र बस्नको व्यवस्था गरेका छन् । कोहि खान र बस्नको लागि समस्यामा परेकाहरुलाई केहि दिन खान र बस्नको लागि सहयोग गर्दै आएको उनले बताए । यूरोप, अमेरीका, अष्ट्रेलीया लाखौं खर्चेर जानु भन्दा थोरै लगानिमा दुबई आउँदा राम्रो हुने बताउँछन् उनि । सुरक्षाको दृष्टिकोणले पनि दुबई अति राम्रो रहेको उनले जानकारी दिए ।

लामो समय दुबईमा नेपालीको अवश्था देखेका उनले नेपालीहरुले नै नेपालीहरुलाई ठग्ने क्रम अझ बढ्दै गएको उनले बताए । भिजिटमा नेपालबाट मान्छे ल्याउने र यहाँ ल्याएर काम नलगाई दिने अनि उनिहरु ओभर स्टे हुने भएकोले यो पहिलो जटिल समस्या रहेको उनले जनाए । जागिर लगाई दिन्छु भन्दै पैसा लिएर फरार हुने गर्दछन नेपालीहरु । भिषा लगाई दिन्छु भन्ने पैसा लिने र सम्पर्क विहिन हुनेहरु चोकचोकमा भेटिन्छन् उनले थपे ।

बैंकको काम गर्छु भन्दै भिषा निकालि दिने र काम हुदैछ भनेर फरार हुने, बैंकबाट पैसा लिएर भगाउनेहरु पनि प्रसस्तै भेटिन्छन् दुबईमा त्यसैले यस्तो प्रलोभनमा नपर्न पनि उनले सुझाए ।

घरबाट बाबु आमाले ठूलो सपना बोकेर यहाँ पठाउँछन् तर यहाँ आएर मदिरामा लट्ठ पर्ने जहाँ पायो त्यहाँ जाने गरेका युवाहरु पनि धेरै छन् त्यसैले यहाँको नियम कानुनमा बसेर काम गर्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गरे ।

प्रस्तुति:  रवि भट्ट

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.