आज मितिः २०८३ बैशाख ६ गते

गठ्ठाघर घटनाबारे गृहमन्त्रीले छानबिन गर्न आईजीपीलाई निर्देशन

काठमाडौं-

 

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न आइजीपीलाई निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी बसन्त कुँवरलाई निर्देशन दिएका हुन्। ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो र? दुर्घटना हुनुमा कसैको गल्ती छ किर ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुस्,’दुर्घटनाबारे उनले भने।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

मृतकको सनाखत भइसकेको छैन। सुरुमा मृतक महिला बताइए पनि पछि पुरुष भएको प्रहरीले बताएको छ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.