रवि भट्ट/बरदुबई-
दुबईमा रहेको सामाजिक संस्था नवलपुर सेवा समाज दुबईले आउँदो २५ अगष्टमा तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लबमा २५ अगष्ट आईतबार गायक रमेशराज भट्टराई र गायिका संझना लामिछाने मगरलाई आमन्त्रण गराई कार्यक्रम गर्न लागिएको हो ।
नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा विपन्न विद्यालय सहयोग अक्षयकोष निर्माणार्थ कार्यक्रम आयोजना गरिएको नवलपुर सेवा समाज दुबईका अध्यक्ष गोपाल पराजुलीले जानकारी दिनु भयो । कार्यक्रममा रमेशराज भट्टराई र संझना लामिछाने मगरको लोक दोहोरीको साथमा सविता आले मगर र विन्दु पाण्डेको नृत्य तथा अर्जुन न्यौपानेको लोक भाका प्रस्तुत हनेछ ।
लिलाक एचआर कन्सल्टेन्सि मूख्य प्रायोजक रहेको यस कार्यक्रमको संयोजक राजु भुषाल तथा सह संयोजक लक्ष्मी शर्मा रहनु भएको छ । कार्यक्रमलाई हरि डुम्रेले संञ्चालन गर्नु हुनेछ भने साथमा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने अध्यक्ष गोपाल पराजुलीले बताउनु भयो ।
कार्यक्रमलाई दुबईस्थित विभिन्न अन्य सामाजिक संस्थाहरुले पनि सहयोग गरेका छन् । हिमालय एअरलाईन्स ट्राभल पार्टनर रहेको छ भने स्थानीय व्यवसायि कम्पनिहरुले प्रायोजन गरेका छन् ।
संस्थाले २५ अगष्ट आइतबारका दिन नेपाली सबैलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गरेको छ ।