आज मितिः २०८३ बैशाख ६ गते

सुधार केन्द्रबाट भागेर नारायणी नदीमा हाम फालेका युवकको सकुसल उद्धार

 

चितवन,

सुधार केन्द्रमा राखिएको युवक भागेर  नारायणी  नदीको पुलबाट हामफालेका युवकको सकुशल उद्दार गरिएको छ । हिजो दिउँसो करिव ४ः१५ बजेको समयमा भरतपुर–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका तनहुँ भानु नगरपालिका–६ घर भई हाल भरतपुर–५ स्थित रहेको आसरा सुधार केन्द्रमा रहेका वर्ष २१ का काशीराम गैरेलाई सकुशल उद्दार गरिएको हो ।

आसरा सुधार केन्द्रमा रहदै आएका काशीराम गैरे हिजो दिउँसो ४ः४० बजेको समयमा पुल भन्दा ५ किलोमिटर दक्षिण भरतपुर–४ रामघाटमा स्थानीयबासीले उद्दार गरेको चितवन प्रहरीले जनाएको छ । अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले गराएको छ ।

गैरे २८ गते सुधार केन्द्रबाट भागेका थिए । अहिले सुधार केन्द्रका प्रतिनिधि र आफन्तहरु सम्पर्कमा आएको प्रहरीले बताएको छ । गैरेलाई २ महिना अगाडि तनहुँबाट सुधार केन्द्रमा ल्याईएको थियो ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.