आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

उज्यालो टाईम्स मिडियाद्वारा वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण 

उज्यालो टाईम्स मिडियाद्वारा वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण 

भरतपुर   उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी विद्या मन्दिर सेकेण्डरी स्कूलका अध्यक्ष, सानो गढी खानेपानीका अध्यक्ष, समाजसेवी एवम् युवा व्यवसायी नन्द प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यको साथ आयोजना गरेको यस पुण्य कार्यमा आफू पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू बर्षौदेखि सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको र आगामि दिनहरुमा समेत मिडियासँग…
Read More
“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

चितवन भरतपुर–१२ स्थित हाम्रोटोल टोल विकास संस्था ले श्री मेडिकल एण्ड टेक्निकल कलेजलो सेमिनार हलमा भव्य रूपमा सम्पन्न गरेको छ। विपद् व्यवस्थापनप्रति समुदायमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमले स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता र चासो पाएको छ। कार्यक्रममा आगलागी नियन्त्रणका उपाय, ग्यास र पेट्रोलबाट लाग्ने आगो निभाउने तरिका, तथा बाढी, डुबान, र पानीबाट हुन सक्ने जोखिमहरूबाट जोगिने उपायहरूबारे सैद्धान्तिक जानकारीका साथै व्यवहारिक अभ्यास गराइएको थियो। सशस्त्र प्रहरी बल नेपाल, १७ नं गण, आँपटारी, चितवनको समन्वयमा आयोजित तालिममा प्रशिक्षकहरूले विभिन्न विपद् अवधिमा अपनाउनुपर्ने सावधानी, प्राथमिक उपचार, सुरक्षित स्थानमा पुग्ने तरिका, तथा उद्धार कार्यको चरणबद्ध अभ्यास प्रस्तुत गरिएको थियो। कार्यक्रम मा…
Read More
विद्युत व्यवसायी संघ चितवनको स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण 

विद्युत व्यवसायी संघ चितवनको स्थापना दिवसको अवसरमा विद्युतीय सामग्री वितरण 

चितवन – विद्युत व्यवसायी संघ चितवनले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै, रत्ननतर–१५ माधवपुरमा रहेको निशुल्क दिपज्योती क्रियापुत्रि भवनलाई विद्युतीय सामग्री वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष बामदेब शर्मा घिमिरेले संस्थाको सुरुवातदेखि अहिलेसम्मको यात्रा बारेमा जानकारी दिदै सामुदायिक सेवामा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रमका बिशिष्ट अतिथि नेपाल बिद्युतिय महासंघका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले संस्थाको क्रियाशीलता र विद्युत् व्यवसायीको योगदानको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा बोल्दै निशुल्क दिपज्योती क्रियापुत्रि भवनका संरक्षक ठाकुर प्रसाद पन्त, वर्तमान अध्यक्ष ठाकुर…
Read More
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार

चितवन - भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।   नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।     उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो ।
Read More
माधवपुर गोल्डकप: न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा

माधवपुर गोल्डकप: न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा

रत्ननगर- माधवपुरमा जारी माधवपुर गोल्डकपको दोश्रो सेमिफाइनलमा न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको छ । माधवपुर खेलमैदानमा भएको खेलमा न्यू पञ्चदिपलाई १-० ले हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको हो । एपिएफ लागी जर्सी नम्बर १० का खेलाडी सविन गुरुङले पहिलो हाफको १७ औं मिनेटमा डि बक्स नजिकैबाट प्रहार गरेको बलले जाली चुमेको थियो। खेलको दौरान पटकपटक पोष्ट आक्रमण गरेको न्यू पञ्चदिपले जवाफी गोल प्रहार गर्न नसक्दा हार व्यहोर्नु पर्यो । दुई विदेशी सहित तन्नरी पुस्ताका रोजाईका खेलाडी एरोन थापालाई मैदान उतारेको न्यू पञ्चदिपले दर्शकको उत्साहप्रद समर्थनका बाबजुत फाईनलको यात्रा तय गर्न सकेन । समूह चरणको खेलमा प्याराडाईज…
Read More
ज्ञानेन्द्र शाहीको चेतावनी: “नवीन सम्झौतामा आउनुहोस्, नत्र हेलिकप्टर तयार गर्नुहोस्”

ज्ञानेन्द्र शाहीको चेतावनी: “नवीन सम्झौतामा आउनुहोस्, नत्र हेलिकप्टर तयार गर्नुहोस्”

काठमाडौं, जेठ १५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई नवीन राजनीतिक सम्झौतामा आउन आग्रह गर्दै चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, "अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ। हैन भने भाग्नलाई हेलिकप्टर तयार गर्नु।" शाहीले वर्तमान व्यवस्थालाई अस्वीकार गर्दै राजा सहितको प्रजातन्त्र पुनःस्थापना गर्नुपर्ने बताएका छन्। उनले चार प्रमुख बुँदामा नयाँ राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरेका छन्: राजा सहितको प्रजातन्त्रको पुनःस्थापना, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीय प्रदेश संरचनाको खारेजी, र हिन्दु, बुद्ध, किराँत सहितको वैदिक सनातन हिन्दु राष्ट्र घोषणाको माग।उनले चेतावनी दिँदै थप भने, "यदि प्रधानमन्त्रीले यी मागहरू…
Read More
प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

लुम्बिनी-   लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो। नेपालको संविधानको धारा १८० को खण्ड घ अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त भएकोले सो स्थान रिक्त भएको घोषणा बुधबार बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गरेका हुन्। प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ। पाँचौँ अधिवेशनअन्तरगत सम्पन्न ८३ वटा बैठकमध्ये उनी…
Read More
बजेट आज अपराह्न तीन बजे

बजेट आज अपराह्न तीन बजे

काठमाडौं-   सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट ल्याउने भएको छ। संविधानमा भएको व्यवस्थाअनुसार आगामी आवको बजेट जेठ १५ गते ल्याउनुपर्ने व्यवस्था छ। आज दिउँसो ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम बजेट प्रस्तुत गर्ने कार्यसूची छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएको भए पनि बजेट ल्याउन दिने विपक्षी दलले बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको लागि आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यक्रम रहेको छ। संसद् सचिवालयले आज दिनको २:४५ बजे अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि…
Read More
आत्मा प्रेम

आत्मा प्रेम

आत्मा प्रेम आफूलाई चिन, जसरी सागरले आफ्ना गहिराइलाई चिन्छ। अरूले नबुझे पनि, तिमीले आफूलाई बुझ्न सिक । प्रेम गर आत्मासंग, जसरी सूर्यले प्रकाशसंग गर्छ तिमी अपूर्ण छैनौ, तिमी त आफै पूर्ण ब्रहाण्ड हौं । समयले चोट पु¥याउला तर ती चोटहरु घाउ होईनन् यी त अनुभूतिको सुनौलो चिन्ह हुन् जसले तिमीलाई अझै सुन्दर बनाउँछन् । आफूलाई माया गर, किनकी तिमी आफै सबैभन्दा प्रिय हौ । सोनिया कठायत उर्लाबारी- १, मोरङ    
Read More
बलात्कार अभियोगमा पर्साका दुई जना पक्राउ

बलात्कार अभियोगमा पर्साका दुई जना पक्राउ

पर्सा-   बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो। पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ। अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए। पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.