आज मितिः २०८२ असार २५ गते

आत्मा प्रेम

आत्मा प्रेम

आफूलाई चिन,
जसरी सागरले आफ्ना गहिराइलाई चिन्छ।
अरूले नबुझे पनि,
तिमीले आफूलाई बुझ्न सिक ।

प्रेम गर आत्मासंग,
जसरी सूर्यले प्रकाशसंग गर्छ
तिमी अपूर्ण छैनौ,
तिमी त आफै पूर्ण ब्रहाण्ड हौं ।

समयले चोट पु¥याउला
तर ती चोटहरु घाउ होईनन्
यी त अनुभूतिको सुनौलो चिन्ह हुन्
जसले तिमीलाई अझै सुन्दर बनाउँछन् ।

आफूलाई माया गर,
किनकी तिमी आफै सबैभन्दा प्रिय हौ ।

सोनिया कठायत
उर्लाबारी- १, मोरङ

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.