आज मितिः २०८३ असार २ गते

बजेट आज अपराह्न तीन बजे

काठमाडौं-

 

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट ल्याउने भएको छ।

संविधानमा भएको व्यवस्थाअनुसार आगामी आवको बजेट जेठ १५ गते ल्याउनुपर्ने व्यवस्था छ। आज दिउँसो ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएको भए पनि बजेट ल्याउन दिने विपक्षी दलले बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको लागि आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यक्रम रहेको छ।

संसद् सचिवालयले आज दिनको २:४५ बजे अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभाको बैठक कक्षमा उपस्थिति हुन महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ। सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारी गरेको भए पनि संसद् अवरुद्ध हुँदा सार्वजनिक भएन।

आर्थिक सर्वेक्षण पनि आज नै सार्वजनिक हुनेछ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.