आज मितिः २०८३ बैशाख ५ गते

प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

लुम्बिनी-

 

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन्। जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको हो।

नेपालको संविधानको धारा १८० को खण्ड घ अनुसार प्रदेशसभामा पूर्वसूचना नदिइ लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही प्रावधानअनुसार सभामुख तुलाराम घर्ती मगरले गुरुङ पदमुक्त भएकोले सो स्थान रिक्त भएको घोषणा बुधबार बसेको छैटौँ अधिवेशनको ११औँ बैठकमा गरेका हुन्।

प्रदेशसभा नियमावली, २०७९ को नियम १९० को उपनियम १ मा पनि कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले त्यसको जानकारी सभालाई दिनुपर्ने व्यवस्था छ। पाँचौँ अधिवेशनअन्तरगत सम्पन्न ८३ वटा बैठकमध्ये उनी ३४ वटा बैठकमा मात्र सहभागी थिइन्। छैटौँ अधिवेशनमा भने उहाँ कुनै बैठकमा उपस्थिति भएकी छैनन्। सो अधिवेशनमा ११ वटा बैठक सम्पन्न भइसकेका छन्।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले सभामुखलाई पत्र पठाइ गुरुङले लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार उनको पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए। गुरुङको पद रिक्त भएपछि लुम्बिनी प्रदेशसभामा अब ८७ सिटमध्ये ८६ सांसद छन्।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.