आज मितिः २०८३ बैशाख ६ गते

उज्यालो टाईम्स मिडियाद्वारा वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण 

भरतपुर

 

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम)मा आश्रित वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी विद्या मन्दिर सेकेण्डरी स्कूलका अध्यक्ष, सानो गढी खानेपानीका अध्यक्ष, समाजसेवी एवम् युवा व्यवसायी नन्द प्रसाद भट्ट प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यको साथ आयोजना गरेको यस पुण्य कार्यमा आफू पनि सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू बर्षौदेखि सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको र आगामि दिनहरुमा समेत मिडियासँग जोडिएर यस्तै सामाजिक कार्यमा अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाकी उपाध्यक्ष शान्ता अधिकारीले अहिलेको अवस्थामा मिडियाहरु आफै पूर्ण रुपमा सञ्चालन हुन कठिनाई भईरहेको अवस्थामा उज्यालो टाईम्सले आश्रममा आश्रित वालिकाहरुको स्वास्थ्य, सरसफाई र शिक्षालाई ध्यानमा राखेर भएको सहयोग कार्यक्रम निकै उपलब्धीमुलक भएको बताउनुभयो ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य एवम् कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा रामजानकी वालिका आश्रमका महासचिव रामेश्वर खनालले वालिका आश्रमको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा रामजानकी वालिका आश्रमका अध्यक्ष सावित्री टण्डन, चितवन फिजिकल फिटनेश सेन्टरका अध्यक्ष प्रकाश गुरुङ, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का निर्देशक कपिल सागर कर्माचार्य, प्रा.लि.का व्यवस्थापक राधा शर्मा, बजार प्रमुख लुना पाण्डे भट्ट लगायतको उपस्थिति रहेको थियो ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का निर्देशक राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थि

यो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.