झाडापखाला र हैजाका बिरामी डिस्चार्ज हुने संख्या बढ्यो
वीरगन्ज - वीरगन्जका अस्पतालमा उपचार गराइरहेका झाडापखाला र हैजाका बिरामी निको भएर घर फर्किनेको संख्या बढेको छ । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार आइतबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टि भएका गरी ८३२ जना बिरामी अस्पतालमा भर्ना भएका थिए । अहिलेसम्म ७४६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएर फर्किसकेका छन् । यसमध्ये हैजाको संक्रमण पुष्टि भएका १३२ जना पनि निको भएर घर फर्किएको ठाकुरले बताए । हाल वीरगन्जका अस्पतालमा हैजा र झाडापखालाका ८६ जना बिरामी उपचाररत छन् । तीमध्ये हैजा पुष्टि भएकाको संख्या ४० छ । यसमध्ये आइतबार पाँचजनामा संक्रमण देखिएको हो । आइतबारसम्म नारायणी अस्पतालबाट ३९४ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलबाट ८० जना, तराई हस्पिटलबाट ९१,…