आज मितिः २०८३ असार ४ गते

झाडापखाला र हैजाका बिरामी डिस्चार्ज हुने संख्या बढ्यो

Uddar News

वीरगन्ज –

वीरगन्जका अस्पतालमा उपचार गराइरहेका झाडापखाला र हैजाका बिरामी निको भएर घर फर्किनेको संख्या बढेको छ । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार आइतबार साँझसम्म झाडापखाला र हैजा संक्रमण पुष्टि भएका गरी ८३२ जना बिरामी अस्पतालमा भर्ना भएका थिए ।

अहिलेसम्म ७४६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएर फर्किसकेका छन् । यसमध्ये हैजाको संक्रमण पुष्टि भएका १३२ जना पनि निको भएर घर फर्किएको ठाकुरले बताए ।

 

हाल वीरगन्जका अस्पतालमा हैजा र झाडापखालाका ८६ जना बिरामी उपचाररत छन् । तीमध्ये हैजा पुष्टि भएकाको संख्या ४० छ । यसमध्ये आइतबार पाँचजनामा संक्रमण देखिएको हो ।

आइतबारसम्म नारायणी अस्पतालबाट ३९४ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलबाट ८० जना, तराई हस्पिटलबाट ९१, नेसनल मेडिकल कलेजबाट ५२, प्रभु हस्पिटलबाट २८, एडभान्स मेडिकेयर हस्पिटलबाट २५ र सर्वोत्तम हस्पिटलबाट २३ जना निको भएर डिस्चार्ज भई फर्किएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.