काठमाडौं-
ञनेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बनेकी छन् । आइतबार राती भएको ग्रान्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले विजेता गंगालाई ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर भइन् भने चितवनकी दर्शना गन्धारी सेकेन्ड रनरअप भइन्। उनले ५ लाख पुरस्कार जितिन् ।