आज मितिः २०८३ बैशाख ६ गते

जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

Uddar News

अछाम

अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका(५ लयाटीको आलीटोलमा महिला र किशोरीहरू महिनावारी ९छाउपडी० भएको समयमा गोठमा बस्छन्।

जिल्लामा अभियान सञ्चालन गरेर ढुंगा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केही पर जस्तापाताको गोठ बनाएर बस्छन्। जिल्लास्थित सरोकार भएका निकायबाट मंगलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण भएको पाइयो। आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवी(देउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताए।

अनुगमनका क्रममा पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गरे। छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवा(सुविधामा रोक लगाइने उनको भनाइ छ।

आजै जिल्लाको पञ्चदेवल बिनायक(८ बारलाको सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका(६ की ३६ वर्षीया रत्ना भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घर नजिकै त्रिपाल टांगी बनाइएको छाउगोठमा सुतिरहेको अवस्थामा टहराभन्दा माथि भिरबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भयो। सोही त्रिपालमा महिनावारी भएर सुतिरहेकी रत्ना गम्भीर घाइते भइन्। रत्ना आफ्नो माइती घर बारला गएकी थिइन्।

यसैबीच, महिनावारी कानुनले वर्जित गरेको विषय हो। महिनावारीको नाममा कुनै पनि विभेद गरेको पाइएमा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए। तत्काल जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा छाउगोठ भत्काइने उनले जानकारी दिए।

यो क्षेत्रमा महिनावारी भएका बेला दूध, दही खान नदिने चलन अझै कायम छ। गाई र भैंसीको दूध, दही र मोही महिनावारी भएका बेला दिंदा गाईवस्तु बांझो हुन्छन् भन्ने अन्धविश्वासले महिला र किशोरीलाई दूध दिइँदैन।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.