आज मितिः २०८३ बैशाख ६ गते

मेयर बालेनको सुझाव चीन भ्रमणमा प्रधानमन्त्रीज्यु,लिपुलेकको मुद्दा उठाउन नबिर्सिनुहोला

काठमाडौँ

w

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको अवसरमा शुभकामना दिँदै केही सन्देश र सुझाव दिएका छन्।

मेयर साहले फेसबुकमार्फत प्रधानमन्त्रीलाई स्मरण गराएका छन् कि लिपुलेक नेपालको भूभाग हो र यसबारे चीनलाई स्पष्ट रूपमा जानकारी गराउन नबिर्सिनुहोला।

उनीसँगै मेयर साहले भनेका छन्, “प्रधानमन्त्रीज्यु, चीन भ्रमणको शुभकामना। भारत–चीनबीच नेपालको लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने सहमतिले हाम्रो सार्वभौमिकतामा असर पारेको छ। यसबारे चीनलाई स्पष्ट सम्झाउन नबिर्सनु होला।”

हालै भारत र चीनले नेपालसँग परामर्श नगरी लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए, जसमा नेपालले गम्भीर आपत्ति जनाएको छ।

प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गरेका छन्। भ्रमणको क्रममा उनले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग साइडलाइन बैठक गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीले यसअघि पत्रकारहरूसँग संवाद गर्दै भ्रमणमा लिपुलेक मुद्दा उठाउने बताएका थिए।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.