आज मितिः २०८३ कार्तिक १७ गते

ब्रेकिङ न्यूज

ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनोको ज्यान गयो

ड्रोन आक्रमणमा एक नेपाली र एक फिलिपिनोको ज्यान गयो

काठमाण्डौ - साउदी अरबको तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली कामदारसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक नेपाली नागरिक र अर्का फिलिपिनो रहेका छन् । यो घटनामा एक भारतीयसहित अन्य दुई जना घाइते भएका छन् । साउदीको ऊर्जा मन्त्रालयका अनुसार, ड्रोनले युएईको सीमा नजिकै शायबाह तेल क्षेत्रलाई लक्षित गरेको थियो । मन्त्रालयले ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे खुलाएको छैन । ज्यान गुमाएका नेपालीको ठेगाना तथा अन्य विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।साउदी अरब नेपाली श्रमिकको…
Read More
राजदूत नियुक्तिमा अपारदर्शिता: सुशासनको नारा र व्यवहारबीचको खाडल- पूर्व  राजदूत प्रा.डा. सूर्यनाथ मिश्र

राजदूत नियुक्तिमा अपारदर्शिता: सुशासनको नारा र व्यवहारबीचको खाडल- पूर्व राजदूत प्रा.डा. सूर्यनाथ मिश्र

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले निश्चित मापदण्ड तोकेर राजदूत नियुक्तिका लागि आवेदन तथा सिफारिस आह्वान गर्दा करिब ४,४०० आवेदन पर्नु आफैमा एक सकारात्मक उत्साह थियो। तर, यति ठूलो संख्यामा आवेदन परेर पनि उम्मेदवारहरूको नाम, वैयक्तिक विवरण र प्राप्त सिफारिसको संख्या गोप्य राखिनुले नियुक्ति प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। रास्वपाको भूमिकामाथि प्रश्न:विशेषगरी, राजनीतिमा सुशासन, पारदर्शी प्रणाली र योग्यताप्रणाली (Meritocracy)' लाई मुख्य एजेन्डा बनाएर उदाएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि यो प्रक्रिया एउटा अग्निपरीक्षा थियो। तर, व्यवहारमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न नसक्दा रास्वपा पनि पुरानै राजनीतिक प्रवृत्तिमा रूमल्लिएको देखिन्छ। मुख्य कमजोरीहरू:* गोप्यताको संस्कृति: ४,४०० आकांक्षीको विवरण लुकाएर बन्द…
Read More
मलेसियाका लागि राजदूत आर्थिक रूपमा पारदर्शी, म्यानपावर व्यवसायीको प्रभावबाट मुक्त र श्रमिकको अधिकारका लागि दृढ रूपमा उभिन सक्ने व्यक्ति हुनुपर्छ- रवि भट्ट

मलेसियाका लागि राजदूत आर्थिक रूपमा पारदर्शी, म्यानपावर व्यवसायीको प्रभावबाट मुक्त र श्रमिकको अधिकारका लागि दृढ रूपमा उभिन सक्ने व्यक्ति हुनुपर्छ- रवि भट्ट

काठमाण्डौं- सन् २००२ मा कतारबाट कलम चलाउँदै आएको म कतारका लागि पूर्ब राजदूत श्यामानन्द सुमन, कतारका पूर्ब सहायक राजदूत राजेन्द्र पाण्डे, र प्राडा सूर्यनाथ मिश्र तथा मलेसियामा पूर्ब राजदूतहरु डा निरञ्जनमान सिं बस्न्यात र उदय राज पाण्डेसंग मैले नजिक भएर कलम र काम गर्ने मौका पाँए । मलेसियामा त दुई राजदूतसंग अत्यन्तै नजिक भएर दूतावासमा नै जन सम्पर्क अधिकृत भएर नै काम गरे । उहाँहरुमा कूटनीतिक ज्ञान र अनुभव, भ्रष्टाचार, अनियमितता र व्यक्तिगत स्वार्थबाट टाढा रहेको,देशको प्रतिनिधित्व गर्ने क्षमता,नेपाली नागरिकप्रति जिम्मेवारी रहेको पाँए । अझ डा सूर्य नाथ मिश्रले कतारमा अलपत्र परेका नेपालीहरुलाई सिधै आफैं बुझेर कतारका सम्बन्धित मन्त्रीलाई कम्पनिको…
Read More
रोनाल्डोलाई तोकियो २५५ युरो जरिवाना

रोनाल्डोलाई तोकियो २५५ युरो जरिवाना

काठमाण्डौ - फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता नभएको दाबी गरेका छन् । रोनाल्डोले यसअघि आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्दै सहकर्मी र समर्थकसँग माफी मागेका थिए ।प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा उनलाई ३० दिन निलम्बन पनि गरिएको छ ।
Read More
टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा उत्तम

टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा उत्तम

काठमाण्डौ - आज बडादशैँ टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ । आज दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमाविजयादशमी मनाउने गरिन्छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ । असत्यमाथि…
Read More
विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित

विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालको जित

काठमाण्डौ- बलिङमा पुनरागमन गर्दै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले हराउँदै लिग–२ मा छैटौं स्थान पक्का गरेको छ । अल अमिरातमा हिजो भएको खेलमा नेपालले ओमानलाई १० रनले हरायो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा निर्धारित ५० ओभरमा अलआउट हुँदै २८० रन बनाएको थियो । रोहितले ८०, दीपेन्द्रले…
Read More
रोनाल्डो एक महिनाको निलम्बनमा

रोनाल्डो एक महिनाको निलम्बनमा

काठमाडौं- पोर्चुगल फुटबल महासङ्घले कप्तान क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको शिविर छाडेको घटनामा ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गर्ने निर्णय गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना डेनमार्कमा भएको अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रिय टोलीको शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा बेन्चमै बसेका उनलाई डेनमार्कविरुद्ध अक्टोबर १ मा हुने खेलमा पनि सुरुआती टोलीमा नराखिने जानकारी दिइएपछि उनले शिविर छाडेका थिए। रोनाल्डोले प्रशिक्षक जर्ज जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै विश्वासको गम्भीर उल्लङ्घन भएको बताएका थिए। उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सजाय भोग्न तयार रहेको पनि बताएका थिए। पोर्चुगल फुटबल महासङ्घको अनुशासन समितिले रोनाल्डोको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेलकुदमा हासिल…
Read More
बडादसैंको आज महानवमी पर्व मनाइँदै

बडादसैंको आज महानवमी पर्व मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा…
Read More
हनुमानढोकामा गरिने मूल पूजा आज गरिँदै यस वर्षको नवरात्रमा दुई दिन अष्टमी परेकाले आज पनि महाअष्टमीको हनुमान ढोकामा पूजा आजा गरिने जनाएको छ । पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख छ । दशैँ घर वा पूजा कोठामा हिजो गरिएको महाअष्टमीको कर्म आज पनि दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो । असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा गएराति नै गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा,…
Read More
विजया दशमी तथा स्व। कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा ब्याडमिन्टन प्रतियोगिताको उपाधि गुरुङ र मगरलाई

विजया दशमी तथा स्व। कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा ब्याडमिन्टन प्रतियोगिताको उपाधि गुरुङ र मगरलाई

कालिका- विजया दशमी २०८३को अवसर तथा स्वर्गीय कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा पाख्रिन टोल विकास संस्था, कालिका नगरपालिका–६ द्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिातामा नन्दु गुरुङ र शेर बहादुर पुलामीले प्रथम स्थान हासिल गर्न सफल भए।उनीहरुले नगद २० हजार रुपैयाँ,शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । द्वितीय स्थानमा रामहरि केसी र समर गुरुङले नगद रु १५ हजार र शिल्ड मेडल र प्रमाणपत्र हात पारे।त्यस्तै तृतीय भएका सन्तोष गोले, सन्देश पन्त तथा सम्बत बस्नेत र भैरव बगालेले नगद रु पाँच हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट खेलाडि शेर बहादुर पुलामी ठहरिए ।प्रतियगितामा आदित्य जंग रायमाझीले रेफ्रीको भूमिका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.