आज मितिः २०८३ कार्तिक २ गते

विजया दशमी तथा स्व। कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा ब्याडमिन्टन प्रतियोगिताको उपाधि गुरुङ र मगरलाई

कालिका-

विजया दशमी २०८३को अवसर तथा स्वर्गीय कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा पाख्रिन टोल विकास संस्था, कालिका नगरपालिका–६ द्वारा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिातामा नन्दु गुरुङ र शेर बहादुर पुलामीले प्रथम स्थान हासिल गर्न सफल भए।उनीहरुले नगद २० हजार रुपैयाँ,शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

द्वितीय स्थानमा रामहरि केसी र समर गुरुङले नगद रु १५ हजार र शिल्ड मेडल र प्रमाणपत्र हात पारे।त्यस्तै तृतीय भएका सन्तोष गोले, सन्देश पन्त तथा सम्बत बस्नेत र भैरव बगालेले नगद रु पाँच हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट खेलाडि शेर बहादुर पुलामी ठहरिए ।प्रतियगितामा आदित्य जंग रायमाझीले रेफ्रीको भूमिका निभाएका थिए।खेलकुदको विकास, आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको संस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजक अष्ट लाल पाख्रिनले बताए ।

विजया दशमीको उल्लासमय वातावरणमा आयोजना गरिएको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतियोगिताको प्रमुख अतिथि कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, विशिष्ट अतिथि ज्ञानु गिरी तथा अतिथिमा कालिका ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, रत्ननगर नगरपालिका वडा १२ का अध्यक्ष सुन्दरमनी सुबेदी, रत्ननरका १५ का अध्यक्ष आशिक तामाङ, पूर्व कर्णेल मन बहादुर लामा, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सुजन आचार्य लोशन तामाङ लगायत रहेका थिए।

कार्यक्रमको सहजीकरण पत्रकार रवि भट्टले गरेका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.