आज मितिः २०८३ असार ७ गते

रवि भट्ट

1060 Posts
तपाईंको आजको राशिफल हेर्नुहोस् 

तपाईंको आजको राशिफल हेर्नुहोस् 

मेष: आज तपाईंले गरेको कडा परिश्रमको श्रेय अरुले लिन खोज्ने सम्भावना छ। काममा सतर्क रहनुहोस्, किनभने विरोधी र नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन्। आम्दानी हुने ठाउँमा शत्रुको नजर पर्न सक्छ। पढाइमा ध्यान कम जाने र नतिजा अरुकै पक्षमा जाने अवस्था बन्न सक्छ।     वृष: अध्ययनमा समय दिन सके राम्रो परिणाम आउनेछ। काम समयमा सम्पन्न नहुन सक्छ। व्यापारमा अपेक्षाअनुसार आम्दानी नहुने देखिन्छ। प्रेम सम्बन्ध चिसिनेछ भने आफन्तसँग मनमुटाव बढ्ने सम्भावना छ।   मिथुन: व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। उच्च अध्ययनका लागि छोटो वा लामो दूरीको यात्रा तय गर्न सकिनेछ। अरुलाई सहयोग गर्ने अवसर पाइने हुँदा मन प्रशन्न हुनेछ। प्रेम र मित्रता…
Read More

लेखक बसन्त पराजुलीको उपन्यास बखान माथि परिचर्चा कार्यक्रम

ललितपुर - नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र बिभागले लेखक बसन्त पराजुलीको उपन्यास बखान माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज आयोजित परिचर्चा कार्यक्रममा सहभागि कांग्रेस नेता एव लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरुङले प्रजातान्त्रिक आन्दोलन,सहकारी अभियान एव चितवनको बस्ती विकासमा पुर्याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंशा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सांसद एव पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले आँफूले उपन्यास पढ्न नभ्याएपनि बखानसिंह गुरुङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक बिषयलाई उपन्यास मार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए । उनले युवा पुस्ताहरुले ऐतिहासिक बिषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको…
Read More
नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै 

नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै 

दोहा - बुवा छत्र बहादुर शाह र आमा दिल कुमारी शाहकी कान्छी छोरी इन्दिरा शाह उर्फ  महारानी युनिक दोलखामा जन्मनु भएको हो । गायन क्षेत्रमा इन्दिरा नामै काफी थियो उति बेलाको समयमा तर अहिले महारानीले देश विदेशमा परिचित हुनुहुन्छ ।   आफ्नो बाल्यकालको बारेमा महारानीले यसो भन्नु भयो, मेरो बिध्यार्थी जीवन गाउमै बित्यो म जन्मेको गाउँ दोलखा जिल्लाको मकैबारी हो म सानै देखि नाच्ने गाउने, खेल खेल्न अति रुचाउने गर्थे र स्कुलमा हुने हरेक प्रतियोगिताहरुमा म सहभागी हुने गर्थे हरेकमा मैले सफलता पाएको पनि छु ।त्यसै अन्तरगत म राजधानी आएपछि खेलकुद सङ्गै मैले गायन यात्रा सुरुगरे भने मेरो पेसा नै गायन…
Read More
बन्जारा बन्जाडे समाजको सातौं बार्षिक साधारण सभा सम्पन्न

बन्जारा बन्जाडे समाजको सातौं बार्षिक साधारण सभा सम्पन्न

चितवन - बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमिति चितवनको सातौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा आयोजित उक्त साधारण सभाको वडाध्यक्ष टीकाराम रेग्मीले उद्घाटन गरेका थिए ।   सो अबसरमा संस्थाका अध्यक्ष रमेश बन्जाराले भावि कार्ययोजना तथा कार्यप्रगति प्रतिबेदन तथा कोषाध्यक्ष शुशीला बन्जराले आर्थिक तथा लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष बन्जाराले समाजले जिल्ला भित्र रहेका बन्जरा परिवारलाई आइपर्ने समस्या सामधान, वचत संकलन र ऋण लगानी, प्रोत्सहान र सम्मान लगाउतका काम गर्दै आएको बताए । संस्थाले अहिले सम्म १० लाख ३४ हजार १६० रुपैया आम्दानी गरेकोमा ९ लाख ४९…
Read More
मेयर बालेनको सुझाव चीन भ्रमणमा प्रधानमन्त्रीज्यु,लिपुलेकको मुद्दा उठाउन नबिर्सिनुहोला

मेयर बालेनको सुझाव चीन भ्रमणमा प्रधानमन्त्रीज्यु,लिपुलेकको मुद्दा उठाउन नबिर्सिनुहोला

काठमाडौँ w काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको अवसरमा शुभकामना दिँदै केही सन्देश र सुझाव दिएका छन्। मेयर साहले फेसबुकमार्फत प्रधानमन्त्रीलाई स्मरण गराएका छन् कि लिपुलेक नेपालको भूभाग हो र यसबारे चीनलाई स्पष्ट रूपमा जानकारी गराउन नबिर्सिनुहोला। उनीसँगै मेयर साहले भनेका छन्, “प्रधानमन्त्रीज्यु, चीन भ्रमणको शुभकामना। भारत–चीनबीच नेपालको लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने सहमतिले हाम्रो सार्वभौमिकतामा असर पारेको छ। यसबारे चीनलाई स्पष्ट सम्झाउन नबिर्सनु होला।” हालै भारत र चीनले नेपालसँग परामर्श नगरी लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने सहमति गरेका थिए, जसमा नेपालले गम्भीर आपत्ति जनाएको छ। प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गरेका छन्।…
Read More
१० किलो गाँजासहित एक जना पक्राउ

१० किलो गाँजासहित एक जना पक्राउ

धादिङ धादिङको गल्छीबाट प्रहरीले १० किलो लागुऔषध गाजासहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो १ बजेतिर गल्छी गाउँपालिका–६ स्थित कार्की डाँडातर्फबाट महेश दोभानतर्फ आउँदै गरेको जाँच गर्दा स्कुटरमा राखेर ल्याइएको १० किलो २४० ग्राम लागुऔषध गाजा प्रहरी टोलीले बरामद गरेको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ नयाँ बस्ने २९ वर्षीय सञ्जय केसी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। पक्राउ परेका केसीमाथि धादिङ जिल्ला अदालतबाट ७ म्याद लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।  
Read More
जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

अछाम अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका(५ लयाटीको आलीटोलमा महिला र किशोरीहरू महिनावारी ९छाउपडी० भएको समयमा गोठमा बस्छन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुंगा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केही पर जस्तापाताको गोठ बनाएर बस्छन्। जिल्लास्थित सरोकार भएका निकायबाट मंगलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण भएको पाइयो। आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवी(देउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताए। अनुगमनका क्रममा पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गरे। छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवा(सुविधामा रोक लगाइने उनको भनाइ…
Read More
चितवनको सौराहामा खुल्यो रोयल जङ्गल भिल्लाज

चितवनको सौराहामा खुल्यो रोयल जङ्गल भिल्लाज

  चितवन - नेपालको तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा ३५ करोड रुपैयाँको लागतमा रोयल जङ्गल भिल्लाज होटल सञ्चालनमा आएको छ । रत्ननगरका पर्यटन व्यवसायी माधव भट्टराईले ३५ करोड रुपैयाँको लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।     सञ्चालक माधव भट्टराईले विगत चार वर्षदेखि होटल निर्माणमा जुटेको र अहिले आफ्नो सोच सार्थक भएको बताए ।सौराहामा स्तरीय होटल सञ्चालन गर्ने सोच पहिलेदेखि नै रहेको उनले बताए ।   “हामीले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी यो होटल सञ्चालनमा ल्याएका हौँ,” सञ्चालक भट्टराईले भने, “हाम्रो उद्देश्य केवल होटल सञ्चालन गर्ने मात्र होइन, सौराहाको संस्कृति, प्राकृतिक सम्पदा र आतिथ्यतालाई प्रवर्द्धन गर्नु पनि हो…
Read More
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख नाघ्यो

  काठमाडौं- सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छभने त्यति नै परिमाणको चाँदी रु पाँचले बढेको छ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ६०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ।   हिजो बिहीबार एक तोला सुन रु एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो।   अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन…
Read More
क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं-   वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका-५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने संखुवासभा मकालु गाउँपालिका-४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।   पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.