अमेरिकाबाट डिपोर्ट भए ७५ नेपाली
काठमाण्डौ- अमेरिकी सरकारले थप ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चार्टर्ड विमानमार्फत बिहीबार ७५ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपोर्ट गरिएको हो। तीमध्ये तीन जना महिला छन्। उनीहरूलाई डिपोर्ट गरिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोधपुछ गरेको थियो। यसरी फर्काइएका नेपालीहरू दुई जना भिजिट भिसामा पुगेकाहरू समेत छन्। अन्य व्यक्तिहरू भने ुतल्लो बाटोु हुँदै अमेरिका पुगेकाहरू रहेको ब्युरो प्रमुख एवं एसएसपी कृष्ण पंगेनीले बताए। ‘तल्लो बाटोबाट अमेरिका पुग्नेले कम्तीमा पनि २० लाख रुपैयाँ खर्च गरेको देखिएको छ। अधिकतम एक करोड रुपैयाँसम्म समेत खर्च गर्ने भेटियो,’ उनले भने। यसरी फर्काइएकामध्ये एक…