आज मितिः २०८३ असार ५ गते

रवि भट्ट

1059 Posts
एनआरएनए युएइको आयोजनामा चौथो भलिबल प्रतियोगितामा तनहुं सेवा समाज प्रथम

एनआरएनए युएइको आयोजनामा चौथो भलिबल प्रतियोगितामा तनहुं सेवा समाज प्रथम

दुवई - एनआरएनए ( एनसिसि ) को आयोजनामा भएको चौथो भलिबल प्रतियोगितामा तनहूँ सेवा समाज प्रथम भएको छ ।   दुबईस्थिति अल वार्सन स्टेडियममा भएको भलिवल खेलमा १० टीम सहभागिता थियो । कार्यक्रमको प्रमुख अतिथि एनआरएनए आइसिसि का उपाध्यक्ष मनोज कुमार श्रेष्ठ गोर्खालि  रहनु भएको थियो  एनआरएनए आइसिसिका उप महासचिव प्रवीण गुरुङ विशिष्ट अतिथि, मध्य पुर्बिय सम्योजक रमेस श्रेष्ठ अतिथि रहनु भएको थियो । मध्य पुर्वका युवा सम्योजकद्वय बिकास शाहि र निरन्जन सिलवालको पनि उपस्थिति थियो  युएइमा कृयासिल बिभिन्न्न राजनितिक दलहरुका प्रवासि नेताहरुको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व नेपाल एसोसियसन  एनआरएनए (एनसिसि )का अध्यक्ष भिम मल्ल ठकुरीले गर्नु भयको थियो…
Read More
शाखा अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शाखा अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान अयोागका प्रवक्ता सुरेश न्यौपानका अनुसार खवाससहित राजपुर गाउँपालिका वडा नं। ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन वडा सचिव ९स्थानीय पञ्जिकाधिकारी० राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी, आलम जोल्हा र आएसा जोल्हाविरुद्ध सरकारी कागजात सच्याएको एवम् गलत लिखत तयार गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।   आयोगकाअनुसार उनीहरुले दाङको राजपुर गाउँपालिका, वडा नं।४ स्थायी ठेगाना भएको भनी झुट्टा लिखत तयार गरी गराइ सरकारी कागजात सच्याइ नागरिकलाई नागरिकताको…
Read More
नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर 

नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर 

काठमाडौं   नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। सम्झौताले नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा, सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदीको रियादमा साधारण श्रमिक ९न्भलभचब िध्यचपभचक० को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।   सम्झौतामा नेपालका…
Read More
रेशमलाल चौधरीले दायर गरेको रिटमा कारण देखाउ सर्वोच्चदवारा आदेश जारी 

रेशमलाल चौधरीले दायर गरेको रिटमा कारण देखाउ सर्वोच्चदवारा आदेश जारी 

काठमाडौं - सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।     न्यायाधीश बालकृष्ण ढकालको इजलासले चौधरीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उम्मेदवारी रद्द गर्नुको कारण निर्वाचन अधिकृतको कार्यालयलाई सोधेको हो। अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।   फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्।   ज्यान…
Read More
कांग्रेस पार्टीलाई मधेशले नै बनाएको हो- गगन थापा

कांग्रेस पार्टीलाई मधेशले नै बनाएको हो- गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन्।     शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निस्कासित सदस्यको रुपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नको लागि सजिलो बाटो छाडेको बताए।   उनले भने, ‘मैंले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ। म पाँच वर्षको लागि कांग्रेसबाट भर्खरै निकालिएको थिएँ। विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनु भएको भए आज म पार्टीबाट निस्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थें। म आफ्नो लडाई लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ बाँकी नियतिको हातमा छ भनेर विश्वास गर्ने मान्छे…
Read More
रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन

चितवन - अरुण संचार सहकारी संस्था लि.द्वारा संन्चालित रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन भएका छन् । चौथों अधिवेशनबाट ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति निर्विरोध रुपम चयन भएको निर्वाचन संयोजक मेघनाथ पौडेलले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल (सुरज), सचिवमा शिवराज दुवाडी (माधव), कोषाध्यक्षमा धुर्वराज लामिछाने र सदस्यमा क्रमशः महेश पाण्डे, शुरेष भुषाल, रमाकान्त पौडेल, दुर्गा प्रसाद घिमिरे र बिष्णु हरि आचार्य निर्विरोध रुपमा चयन भएका हुन् । त्यस्तै लेखा समिति संयोजकमा रामचन्द्र देवकोटा सदस्यमा क्रमशः बिष्णु श्रेष्ठ र डिल्लिराम रखाल सर्वसम्मत रुपमा चयन भएका छन् ।
Read More
सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

काठमाडौं - नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।   एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
Read More
चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

रत्ननगर - पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली “जिउने बाचा” गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । गीतमा चितवनकै सर्जक रामु आचार्यको शब्द रहेको छ ।   सार्वजनिक गीतको भिडियोमा अजय श्रेष्ठ, सरिता बराल तथा टिकाराम शर्मा लामिछानेको अभिनय रहेको छ, कृष्ण प्रसाद देवकोटाको छायांकन रहेको गीतमा ड्रोन अपरेटर पुजन लामिछाने रहेका छन् । गीतमा रामु आचार्यको कथा, सम्पादन तथा निर्देशन रहेको छ ।   प्रेमी प्रेमिका बिचको माया…
Read More
सुनको मूल्यमा घटबढ

सुनको मूल्यमा घटबढ

काठमाडौं - अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
Read More
जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि

जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि

काठमाडौँ- ललितपुर–२ मा उम्मेदवार चयनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद उत्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो। निर्वाचन क्षेत्रका रास्वपा नेता तथा कार्यकर्ताहरूले खरेललाई सो क्षेत्रबाट टिकट दिनु उपयुक्त नभएको भन्दै आपत्ति जनाएका छन्।   ललितपुर–२ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न इच्छुक छन्। तर पार्टी नेतृत्वले उनलाई ललितपुर–१ बाट उम्मेदवारी दिन सुझाव दिएको एक नेताले जानकारी दिए। महर्जन भने २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेको ललितपुर–२ बाटै उम्मेदवार बन्ने चाहेका छन् ।   २०७९ को निर्वाचनमा महर्जनले ८…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.