आज मितिः २०८३ असार ५ गते

रवि भट्ट

1059 Posts
दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा प्रादेशिक अस्पताल सिरहाका तत्कालीन तत्कालीन कार्यालय प्रमुख डा। नागेन्द्र प्रसाद यादव र डा। सरोज यादवसहित १० जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।   आयोगका अनुसार आर्थिक वर्ष २०८०र८१ मा अस्पतालका आठवटा बिल काउन्टरबाट उठेको सेवा शुल्क बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ। अनुसन्धानका क्रममा सफ्टवेयर प्रणालीमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचरको विवरण तुलना गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा…
Read More
२ लाख ६८ हजार रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जना नियन्त्रणमा

२ लाख ६८ हजार रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जना नियन्त्रणमा

काठमाण्डौ - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ लाख ६८ हजार २८८ रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।   त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र निकिसी शाखाका नायब सुब्बा छविप्रसाद रिजाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।   उनलाई अख्तियारको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।   उनका अनुसार सहयोगी गणेशप्रसाद र नायब सुब्बा छवि प्रसादको साथबाट स्रोत नखुलेको रकम बरामद भएको हो।   उनीहरूको साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ।      
Read More
परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन्।     प्रधानमन्त्री कार्कीले भनिन्, ‘म पहिलो पटक संसदमा आएको हुँ। यो मेरो इच्छा होइन, परिस्थितिको परिणामहो। जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउने उद्देश्यले प्रधानमन्त्री बनेको हुँ।’   उनले प्रतिनिधिसभा विघटन भएको र सरकारले २०८२ फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न…
Read More
गठबन्धन लागि ओलीले राखेको प्रस्तावमा दाहाल र नेपालले गरे अस्वीकार

गठबन्धन लागि ओलीले राखेको प्रस्तावमा दाहाल र नेपालले गरे अस्वीकार

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग गठबन्धनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको खुलासा भएको छ । स्रोतका अनुसार ओलीले प्रस्ताव गरेको भए पनि दुवै नेताले प्रस्ताव अस्वीकार गरेका छन् । ओलीले दुवै नेतालाई फोन गरेर चुनाबी तालमेल गर्ने प्रस्ताव गरेका थिए । तर, ओलीको जेनजी आन्दोलनप्रतिको दृष्टिकोण, उनले आन्दोलनका विषयमा पछिल्लो समय दिएका अभिव्यक्ति र ओलीका पछिल्ला विवादास्पद भनाइका कारण नेकपाका दुवै नेता सहकार्यबाट हच्किएका थिए । ‘ओलीको पछिल्लो छवि र अभिव्यक्तिका कारण एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदाभन्दा बढी नोक्सानी हुन सक्ने निष्कर्षमा नेताहरु पुग्नुभयो’ स्रोतले भन्यो । केही दिनअघि…
Read More
आचारसंहिता उल्लंघनका २३ उजुरी, निर्वाचन आयोगले सोध्यो १२ लाई स्पष्टीकरण 

आचारसंहिता उल्लंघनका २३ उजुरी, निर्वाचन आयोगले सोध्यो १२ लाई स्पष्टीकरण 

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ।     आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए।   उनका अनुसार कानुनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारबाही गर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताए।   ‘प्राप्त उजुरीहरुमध्ये २३ वटा उजुरी परेको छ। जसमा सम्बन्धित व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ। १२ वटाको जवाफ आइसकेको छ। आयोगले कारबाही गर्नुअघि अनिवार्य रूपमा स्पष्टीकरण सोध्नुपर्छ। चित्त बुझ्दो जवाफ आएमा…
Read More
आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन 

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन 

काठमाडौं- माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।     पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।   विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान,…
Read More
पत्रकार महासंघ बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग

पत्रकार महासंघ बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग

काठमाडौं - नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रिय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्वको माग गरेका छन्।   नेपाल पत्रकार महासंघ लेखा समिति सदस्यका उपबिजेता गणेश प्रसाद बन्जाडेले महासंघको केन्द्रिय समितिलाई सम्बोधन गर्दै बुझाएको औपचारिक निवेदनमार्फत प्रवासमा स्थापित पत्रकार महासंघका शाखाहरूलाई विगतदेखि नै उपेक्षा गरिएको गम्भीर आरोप लगाएका छन्।   उनले पत्रमा उल्लेख गरेअनुसार, प्रवासमा बसोबास गर्ने करिब ५० लाख नेपालीको आवाज प्रतिनिधित्व गर्ने बैदेशिक शाखाहरू नेपाली पत्रकारिता प्रवर्द्धन, प्रवासी समुदायका मुद्दा, समाचार र आवाजलाई विश्वसमक्ष पुर्‍याउन सक्रिय रहँदै आए पनि महासंघका विभिन्न निर्वाचन, नीति निर्माण र निर्णय प्रक्रियामा सहभागिता सीमित बनाइँदै आएको…
Read More
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदै

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदै

काठमाडौं- विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।     नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।   राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।   प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा…
Read More
पुर्वी चितवनमा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरण सम्बन्धि समन्वयात्मक छलफल

पुर्वी चितवनमा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरण सम्बन्धि समन्वयात्मक छलफल

चितवन - पुर्वी चितवनको राप्ति नगरपालिकामा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरण सम्बन्धि राप्ती नगरपालिका भित्रका सरोकारवाला र विद्यालयहरु बिच समन्वयात्मक छलफल गरिएको छ।   थ्रि एन्जल्स नेपाल,चितवन शाखाको आयोजनामा भएको सो कार्यक्रममा राप्ती नगरपालिका र मनहरी गाउँपालिका भित्रका जनप्रतिनिधि,सामुदायिक विद्यालयका प्रधानाध्यापक,स्थानिय संघ संस्थाका प्रतिनिधिहरुबिच छलफल भएको हो।   बागमती प्रदेश सभा सदस्य जेएन थपलिया प्रमुख अतिथी रहेका सो कार्यक्रममा थ्रि एन्जल्स नेपालका एसईओ विवेक ढकालको अध्यक्षता रहेको थियो।   कार्यक्रममा बोल्दै प्रमुख अतिथी थपलियाले मानव बेचबिखन तथा ओसार पोसार जस्तो जघन्य अपराध जरै देखि निर्मुल पार्न गाउँ,टोल,समाज,स्थानिय तह र सिंगो राज्य नै एक भएर लाग्नुपर्ने बताउनुभयो।   गत शनिवार राप्ती(२,…
Read More
भरतपुरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

भरतपुरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

चितवन - चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर ९अधिकृत आठौँ तह० भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।     सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।   इन्जिनियर रा।प। तृतीय श्रेणीबाट ०४८र१०र०६ मा सेवा प्रवेश गरेका आचार्यले ०८०र०३र०६ गतेसम्मको अवधिमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ अवैधानिक सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ। आचार्यले पेस गरेको सम्पत्ति विवरणसँग उक्त रकम अमिल्दो तथा अस्वाभाविक देखिएको आरोपपत्रमा उल्लेख छ।   अख्तियारले ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो कायम गर्दै आचार्यविरुद्ध मुद्दा दायर गरेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.