आज मितिः २०८३ बैशाख ६ गते

रवि भट्ट

984 Posts
रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन

चितवन - अरुण संचार सहकारी संस्था लि.द्वारा संन्चालित रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन भएका छन् । चौथों अधिवेशनबाट ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति निर्विरोध रुपम चयन भएको निर्वाचन संयोजक मेघनाथ पौडेलले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल (सुरज), सचिवमा शिवराज दुवाडी (माधव), कोषाध्यक्षमा धुर्वराज लामिछाने र सदस्यमा क्रमशः महेश पाण्डे, शुरेष भुषाल, रमाकान्त पौडेल, दुर्गा प्रसाद घिमिरे र बिष्णु हरि आचार्य निर्विरोध रुपमा चयन भएका हुन् । त्यस्तै लेखा समिति संयोजकमा रामचन्द्र देवकोटा सदस्यमा क्रमशः बिष्णु श्रेष्ठ र डिल्लिराम रखाल सर्वसम्मत रुपमा चयन भएका छन् ।
Read More
सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

सुनको भाउ प्रतितोला ३ लाख नाघ्यो

काठमाडौं - नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।   एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको थियो । सो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
Read More
चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

चितवने संगीतकार तथा गायक मानन्धरको “जिउने बाचा” सार्वजनिक

रत्ननगर - पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली “जिउने बाचा” गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । गीतमा चितवनकै सर्जक रामु आचार्यको शब्द रहेको छ ।   सार्वजनिक गीतको भिडियोमा अजय श्रेष्ठ, सरिता बराल तथा टिकाराम शर्मा लामिछानेको अभिनय रहेको छ, कृष्ण प्रसाद देवकोटाको छायांकन रहेको गीतमा ड्रोन अपरेटर पुजन लामिछाने रहेका छन् । गीतमा रामु आचार्यको कथा, सम्पादन तथा निर्देशन रहेको छ ।   प्रेमी प्रेमिका बिचको माया…
Read More
सुनको मूल्यमा घटबढ

सुनको मूल्यमा घटबढ

काठमाडौं - अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
Read More
जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि

जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि

काठमाडौँ- ललितपुर–२ मा उम्मेदवार चयनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद उत्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका जगदीश खरेललाई ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो। निर्वाचन क्षेत्रका रास्वपा नेता तथा कार्यकर्ताहरूले खरेललाई सो क्षेत्रबाट टिकट दिनु उपयुक्त नभएको भन्दै आपत्ति जनाएका छन्।   ललितपुर–२ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न इच्छुक छन्। तर पार्टी नेतृत्वले उनलाई ललितपुर–१ बाट उम्मेदवारी दिन सुझाव दिएको एक नेताले जानकारी दिए। महर्जन भने २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गरेको ललितपुर–२ बाटै उम्मेदवार बन्ने चाहेका छन् ।   २०७९ को निर्वाचनमा महर्जनले ८…
Read More
सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने

सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने

काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आसन्न निर्वाचन केन्द्रीत सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक बसको हो। गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ। बैठकमा आसन्न प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यस अघि नै पारीत भै कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरुले सम्पादन गरिरहेका कार्यहरु, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समिक्षा भएको छ। निर्वाचन सुरक्षा योजना सम्बन्धमा चार वटै सुरक्षा निकायले गरेका तयारी सम्बन्धमा बैठकमा विफ्रिङ्ग भएको छ, साथै सुरक्षा अवस्था…
Read More
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दमौली - शुक्लागण्डकी नगरपालिका–१ कोत्रेस्थित भित्री सडकमा आज टिपर दुर्घटना हुँदा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय टिपर चालक रामबहादुर गुरुङको मृत्यु भएको छ । कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको ग १ क ६४८५ नम्बरको गिटी बोकेको टिपर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक घाइते भएका थिए । उनको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहान १०ः५६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
Read More
काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

काठमाडौँ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ। हिजो ९सोमबार० भने यो समय काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४.५ डिग्री सेल्सियसमा झरेको थियो। आज पनि आधिकारिक तापक्रमका लागि फेरि उक्त समय पुनस् मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अघि बिहान सुरुवातमा लिइएको भन्दा थौरै घट्ने सम्भावना हुन्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी उमेदवार चयनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी उमेदवार चयनमा

काठमाडौं -   यही माघ ६ गते देशभर राजनीतिक दलले उमेदवारी दर्ता गराउँदैछन् । लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशव्यापी उमेदवार चयनमा अहिले व्यस्त छ ।   रास्वपाले आउँदो माघ ५ गते निर्वाचन केन्द्रित पहिलो चुनावी घोषणासभा जनकपुरमा गर्दै छ । उमेदवारी दर्ताका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा उमेदवारहरु पनि पुग्दैछन् । घोषणासभामा पहिलो पटक रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एउटै मञ्चमा देखिनेछन ।   रवि–बालेनसहित रास्वपाका चर्चित नेताहरु कहाँ कहाँबाट चुनावी मैदानमा उत्रिँदैछन् रु भन्ने चासो छ । रास्वपाका एक नेताका अनुसार, उमेदवार छनोट फाइनल नभए पनि मोटामोटी एकिन भइसकेको…
Read More
आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि , कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुंँदै

चितवन - चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्य सहित भोलि माघ २ गतेदेखि आठौं एग्रीटेक इन्टर नेशनल एक्स्पो हुंँदैछ । उक्त एक्स्पोको वागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नु हुंँदैछ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा यही माघ २ देखि ४ गतेसम्म चितवन प्रर्दशनी केन्द्रमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२” हुने भएको हो । एक्स्पोमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजक संस्था मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोको सम्पुर्ण तयारी पुरा भईसकेको जानकारी दिनुभयो । सम्पुर्ण स्टल बुकिङ्ग भईसकेको र प्रर्दशकहरु आईसकेका छन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.