आज मितिः २०८३ भाद्र ३१ गते

आज यी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं-

आज कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लागेको छ ।

गण्डकी, लुुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशको एकरदुई स्थानमा मध्यम सम्मको पनि भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली, पहाडी र तराईका साथै बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू९भागका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.