आज मितिः २०८३ बैशाख ६ गते

उद्दार अनलाईन

564 Posts
टी–२० मा जितका लागि १०७ रनको लक्ष्य, सन्दीपको १०० विकेट पूरा

टी–२० मा जितका लागि १०७ रनको लक्ष्य, सन्दीपको १०० विकेट पूरा

काठमाडौं- टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।   सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बने ।   बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।   टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले…
Read More
रकम अपचलन गरेको अभियोगमा एक सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

रकम अपचलन गरेको अभियोगमा एक सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं- तनहुँमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चार जनालाई पक्राउ गरेको छ। तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित अन्य चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितुर महानगरपालिका-१८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरुकिर्तिपुर नगरपालिका-८ बस्ने ५३ वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका-६ चाबहिल बस्ने ४७ वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षकसानुराम भट्टराईले जानकारी दिए। उक्त सहकारी ललितपुर महानगरपालिका-५ कुमारीपार्टीमा खोलिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अध्यक्ष थापा बिसं २०५६ सालदेखि उक्त सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको…
Read More
चितवनको कालिकामा एक सुनचाँदी पसल लुटपाट

चितवनको कालिकामा एक सुनचाँदी पसल लुटपाट

चितवन -   चितवन पूर्वी चितवनको कालिका नगरपालिकामा दुइ युबकले हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट गरेका छन । कालिका- ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा बेलुकी ८ वजे हतियार सहित २ जनाले खुकुरी देखाएर लुटपाट गरेको सुनचाँदी पसलका बिनोद सुनारले बताए।   पसलको गरगहना थन्क्याउने क्रममा उनिहरुले कामदारहरुलाई भित्रै थुनी खुकुरी देखाएर गरगहना लुटपाट गरेको बिनोदले जानकारीअनुसार दिए ।लुटेराहरुले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको तथा समान जेब्रा र अन्य प्लास्टिकका झोलामा राखी भागेका थिए । घटनास्थालमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी टोलिले अनुसन्धान गरेर गएको छ । गरगहना करिब ३ करोडको रहेको पसलका बिनोद सुनारले…
Read More
चितवनमा आयोजित राष्ट्रिय छन्द कविता प्रतियोगितामा बाराकी बस्नेत प्रथम

चितवनमा आयोजित राष्ट्रिय छन्द कविता प्रतियोगितामा बाराकी बस्नेत प्रथम

चितवन-   चितवनको भरतपुरमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा बाराकी सरू बस्नेत प्रथम भएकी छिन्। भरतपुर १३, नवसाहित्य मञ्जरी , चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट संकलित दुई सय कवितामध्ये निर्णायकहरूको मूल्यांकनपछि उत्कृष्ट नौवटा कविता छनोट गरेर शनिबार अन्तिम प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा बस्नेत प्रथम, नुवाकोटका कृष्णप्रसाद पौडेल दोस्रो र दाङका हरिप्रसाद पौडेल तेस्रो भएका छन्। सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको छन् । प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुईजनाले जनही पाँच पाँच हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन्। विजयीहरूलाई भरतपुर महानगरपालिका– १३ का…
Read More
कतारमा गर्मीबाट जोगिन सचेतनामूलक प्रशिक्षण

कतारमा गर्मीबाट जोगिन सचेतनामूलक प्रशिक्षण

दोहा-   कतारमा कार्यरत नेपाली श्रमिकलाई गर्मीबाट जोगिएर काम गर्ने विषयमा सचेतनामूलक प्रशिक्षण दिइएको छ। राजधानी दोहामा रहेको नेपाली दूतावासले ५० नेपालीलाई गर्मीबाट जोगिएर काम गर्ने विषयमा प्रशिक्षण दिएको हो। नेपाली राजदूतावास कतार र जलेश्वरकी यास्मिन नाजले सञ्चालन गरेको क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी तथा बिल्डिङ एन्ड वुडवर्कर्स इन्टरनेसनको आयोजना तथा सहकार्यमा प्रशिक्षण दिएको हो। कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले उच्च गर्मीबाट हुने तनाव, शरीरमा देखिने लक्षण, नकारात्मक असरबाट बच्ने सन्दर्भमा श्रमिकलाई प्रशिक्षण दिएका थिए। त्यस्तै चर्को गर्मीका कारणले श्रमिकहरू जोखिममा पर्ने गरेकोले नेपाली श्रमिकलाई जोगिने गरी सचेतनामूलक प्रशिक्षण दिइएको क्युएसटीका यास्मिनले बताइन्। आगामी दिनमा पनि नेपाली श्रमिकलाई क्षमता…
Read More
त्रिभुवन विमानस्थलबाट ४ दिनमा चार सय जना फिर्ता

त्रिभुवन विमानस्थलबाट ४ दिनमा चार सय जना फिर्ता

काठमाडौँ - त्रिभुवन विमानस्थलस्थित अध्यागमनले चार दिनयमा भिजिट भिसाका चार सय ८ जनालाई विमानस्थलबाट फिर्ता पठाएको छ । भिजिट भिषामा उड्न लागेका उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ ।     अध्यागमनले गत माघ ९ देखि जारी गरेको कार्यविधिअनुसार मापदण्ड पुगेकालाई अफलोड गर्न थालेको हो । अध्यागमनले जेठ ३० मा ५५ जना, ३१ मा ६२, ३२ मा २ सय ३७ र असार १ सम्म ५४ जनालाई अफलोड गरेको हो ।     भिजिटमा जाँदा ६ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने…
Read More
आज वाग्मतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

आज वाग्मतीसहित चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं- हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोसी र मधेस प्रदेशमा साधारणतया बदली, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी प्रदेशका केही स्थानमा तथा मधेस र वाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी,…
Read More
आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं-   नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो। पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ। नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ।    
Read More
दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित,

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित,

काठमाडौ - आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा जितको निकै नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । शुरूका दुई बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा दुई रन लिए । पाँचौं बल फेरि डट खेलेका उनी अन्तिम बलमा रन आउट भए र नेपालले पीडादायी हार व्यहोर्नु पर्‍यो…
Read More
मेयरको घर तोडफोड,प्रहरीद्वारा हवाई फायर र अश्रु ग्याँस प्रहार,१० बुदेँ सहमति

मेयरको घर तोडफोड,प्रहरीद्वारा हवाई फायर र अश्रु ग्याँस प्रहार,१० बुदेँ सहमति

नवलपुर- पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोसित आफन्तहरुले नगरपालिका र मेयरको घर तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै दर्जनौँ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।   कावासोती नगरपालिका तोडफोड गरेका स्थानीयहरुले कावासोती बजारमा रहेको मेयर बिष्णु भुसालको घरमा समेत तोडफोड गरेका छन् । मृतकले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका छन् । कावासोती बजारमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीले मेयरको घरमासमेत आगजनीको प्रयास गरेका थिए ।   कावासोती नगरपालिका २ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ बर्षिया सेती राना,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.