आज मितिः २०८३ बैशाख ६ गते

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित,

काठमाडौ –

आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा जितको निकै नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । शुरूका दुई बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा दुई रन लिए । पाँचौं बल फेरि डट खेलेका उनी अन्तिम बलमा रन आउट भए र नेपालले पीडादायी हार व्यहोर्नु पर्‍यो ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.