आज मितिः २०८३ बैशाख ६ गते

टी–२० मा जितका लागि १०७ रनको लक्ष्य, सन्दीपको १०० विकेट पूरा

काठमाडौं-

टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।

 

सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बने ।

 

बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

 

टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १६।३ ओभरमा ८ विकेटको क्षतिमा ८६ रन बनाएको छ ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.