आज मितिः २०८३ बैशाख ६ गते

रकम अपचलन गरेको अभियोगमा एक सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं-

तनहुँमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चार जनालाई पक्राउ गरेको छ। तनहुँ व्यास नगरपालिका-११ का ४३ वर्षीय तेजविक्रम थापासहित अन्य चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक ललितुर महानगरपालिका-१८ घर भई हाल गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४४ वर्षीया सजना राजकर्णिकार, सदस्यहरुकिर्तिपुर नगरपालिका-८ बस्ने ५३ वर्षीय भीमसेन महर्जन तथा काठमाडौँ महानगरपालिका-६ चाबहिल बस्ने ४७ वर्षीय सञ्जय सापकोटा रहेका उपत्यका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षकसानुराम भट्टराईले जानकारी दिए।

उक्त सहकारी ललितपुर महानगरपालिका-५ कुमारीपार्टीमा खोलिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अध्यक्ष थापा बिसं २०५६ सालदेखि उक्त सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको प्रहरीको भनाइ छ।

थापा अस्पताल, टेलिभिजनलगायत अन्य विभिन्न व्यवसायिक कम्पनीमा समेत अध्यक्ष भइसकेको तथा बैंकिङ कसुरका पाँच वटा मुद्दामा समेत कसुर ठहर भई फरारको सूचीमा रहेको अनुसन्धानबाट खुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.