काठमाडौँ –
त्रिभुवन विमानस्थलस्थित अध्यागमनले चार दिनयमा भिजिट भिसाका चार सय ८ जनालाई विमानस्थलबाट फिर्ता पठाएको छ । भिजिट भिषामा उड्न लागेका उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ ।
अध्यागमनले गत माघ ९ देखि जारी गरेको कार्यविधिअनुसार मापदण्ड पुगेकालाई अफलोड गर्न थालेको हो । अध्यागमनले जेठ ३० मा ५५ जना, ३१ मा ६२, ३२ मा २ सय ३७ र असार १ सम्म ५४ जनालाई अफलोड गरेको हो ।
भिजिटमा जाँदा ६ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा सो नभएमा कम्तीमा ५ सय डलर बराबरको नगद सटही भएको प्रमाण भिजिट भिसामा विदेश जान पाइने व्यवस्था गरिएको छ ।कतार, दुबई, बहराइन, कुवेत, ओमन, साउदीमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।
बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थाले पछि
मापदण्ड पूरा भ्एपनि अध्यागमन अधिकृतले फिर्ता पठाएका हुन् । यस्तो अवश्थामा अध्यागमन अधिकृतले आप्mनो स्वविवेक निर्णय गर्न पाउने अधिकार रहेको छ ।