आज मितिः २०८३ असार २४ गते

नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने

काठमाडौं-

टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन्।

 

आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको हो ।

 

दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रूपमा पनि पुराना मोबाइल प्रविधिलाई विस्थापन गरी उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने क्रम तीव्र बनेको छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीले टुजी र फोरजी सेवा मात्रै उपलब्ध गराउनेछन् भने आगामी दिनका लागि फाइभजीको तयारी पनि गरिरहेका छन्।

 

थ्रीजी प्रविधि अहिलेको आवश्यकताअनुसार कम प्रभावकारी बन्दै गएको दूरसञ्चार क्षेत्रका सरोकारवालाको भनाइ छ। फोरजीको तुलनामा थ्रीजीले कम ब्यान्डविथ उपलब्ध गराउने तथा डाटा र भ्वाइस सेवाको गुणस्तर पनि सीमित रहने भएकाले अधिकांश सेवा प्रदायक कम्पनीहरू थ्रीजीको तुलनामा फोरजी नेटवर्कमा केन्द्रित हुँदै गएका छन्।

 

थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने स्पेक्ट्रम तथा नेटवर्क स्रोतलाई फोरजी सेवाको क्षमता विस्तार, ‘भ्वाइस ओभर लङ टर्म इभोल्युसन’ ९भोल्टे० सेवाको गुणस्तर सुधार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि उपयोग गरिने ती कम्पनीको भनाइ छ। यसबाट ग्राहकले थप तीव्र गतिको इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा स्थिर नेटवर्क पाउने छन्।

 

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले नेपालमा मात्रै नभई विश्वका अधिकांश देशमा टेलिकम सेवाप्रदायकले थ्रीजी सेवा हटाउँदै लगेको बताउँछन्।

 

उनका अनुसार नेपाल टेलिकमले आगामी आर्थिक वर्ष २०८३र८४ मा थ्रीजी सेवालाई पूर्णरुपमा हटाउने तयारीका साथ काम गरिरहेको छ।

 

ुनेपाल टेलिकमको थ्रीजी सेवा प्रवाह गरिरहेका तीन हजारभन्दा बढी बिटिएस टावरमध्ये केही हटाउन सुरु गरिसकेको छु, उनले भने, ुचितवनमा ‘क्लष्टर’ छुट्याएर यसको परीक्षण भइरहेको छ, त्यसको नतिजाका आधारमा थ्रीजी सेवा पूर्णरुपमा हटाउन सुरू हुन्छ।ु

 

उनका अनुसार थ्रीजी सेवा हटाएपछि ग्राहकहरू फोरजी सेवामा जान सक्छन्। भ्वाइसका लागि मात्रै टुजी सेवा पर्याप्त हुन्छ भने डाटा र भ्वाइस दुवैका लागि हो भने ग्राहक फोरजीको भोल्टे सेवामा जान सक्छन्। यसले डाटा र भ्वाइस दुवैको गुणस्तर बढाउँछ । हाल नेपाल टेलिकमले २१०० मेगाहर्जमा थ्रीजी सेवा प्रदान गरिरहेको छ। हाल नेपाल टेलिकमले ७६० वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ भने आगामी दिनमा सम्पूर्ण स्थानीय तहमा फोरजी सेवा विस्तार गर्दै गुणस्तर सुधार गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.