आज मितिः २०८३ श्रावण १९ गते

अर्थ तथा शेयर बजार

आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै

आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै

काठमाडौं- आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । जेठ १५ गते नेपालको संविधानमा प्रत्येक वर्ष आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार अर्थमन्त्री डा वाग्लेले सदनमा आयव्ययको विवरण पेस गर्न लाग्नु भएको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ। राष्ट्रिय योजना आयोगले आगामी आवका निम्ति रु…
Read More
सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्दै

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्दै

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।     समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।   समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्।   यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना गरी ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो।   समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई…
Read More
६ सय कार्टुन विद्युतीय चुरोट बरामद

६ सय कार्टुन विद्युतीय चुरोट बरामद

काठमाण्डौ- नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट बरामद गरेको छ। कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाइ भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट ९भेप० फेला परेको हो। कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए। शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो। मुस्ताङ भन्सार कार्यालयका…
Read More
सार्वजनिक विदाको दिन भए पनि एक्सप्रेस वे मार्फत सेवा दिइने

सार्वजनिक विदाको दिन भए पनि एक्सप्रेस वे मार्फत सेवा दिइने

काठमाडौं- सार्वजनिक विदाको दिन परे पनि हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नागरिक उड्डयन प्राधिकरणलगायतका निकायको समन्वयमा हुलाकबाट हुने कुरियरका लागि ‘एक्सप्रेस वे’ प्रयोग गर्ने व्यवस्था मिलाइएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिए। “हुलाक वस्तु द्रुतमार्गबाट जाँदा बढी सुरक्षित र भरपर्दो हुन्छ। हामीले यसका लागि लामो समयदेखि प्रयास गरिरहेका थियौँ। पछिल्लो समय मन्त्रालयबाट पनि चासो र निर्देशन आएपछि यो कार्यान्वयन प्रक्रिया अघि बढेको हो”, उनले भने। महानिर्देशक पङ्गेनीका अनुसार अब हुलाक कुरियरका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेडिकेटेड’ जाँचपास प्रणाली बनाइनेछ।…
Read More
सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड

काठमाण्डौ- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । यसै क्रममा बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।   बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ ।   अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो । महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार…
Read More
सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो

काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार…
Read More
फेरी आकासियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

फेरी आकासियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ। हिजो सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो। एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ।    
Read More
२६ अर्बको पेट्रोलियम पदार्थ आयात

२६ अर्बको पेट्रोलियम पदार्थ आयात

काडमाण्डौ- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयात गरिएको हो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत संकलन भएको छ। “यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको…
Read More
सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु

सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु

  काठमाडौं- एक दशकयता नेपालमा अर्बौं रुपैयाँ निजी लगानीमा मल्टिस्पेसियालिटी एडभान्स हस्पिटल खुल्ने क्रम बढ्दै गएको छ।   हस्पिटलसहितको मेडिकल कलेजमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी बढाइरहेका छन्। कतिपय हस्पिटलले क्षमता विस्तारमा लगानी गरिरहेका छन्। गत वर्ष मात्र हस्पिटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ९ प्रतिशत बढेको छ।   यसैक्रममा तीन ठूला मेडिकल कलेजका सञ्चालकहरुको लगानीमा दाङको घोराहीमा ५ सय बेडको सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटलको पूर्वाधार निर्माण सुरु भएको हो।   युनिभर्सल इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड रिसर्च, गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल र नेपालगञ्ज मेडिकल कलेजको दुई अर्ब ४२ करोड २० लाख रुपैयाँ…
Read More
सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो २०८२ सालको दशैं, तिहार र छठ पर्व लक्षित हरेक हप्ता १ लाख योजना सार्वजनिक

सिटी एक्सप्रेस मनि ट्रान्सफरले ल्यायो २०८२ सालको दशैं, तिहार र छठ पर्व लक्षित हरेक हप्ता १ लाख योजना सार्वजनिक

  काठमाडौं- सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख योजना सार्वजनिक गरेको छ। नौ सातासम्म चल्ने यस अफर अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्तामा एक जनाले एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।   उपहार योजनाको घोषणा हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपालको उपस्थितिमा गरिएको हो। कम्पनीका अनुसार भाद्र १६ देखि कात्तिक १५ गतेसम्म विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही स्वचालित रूपमा यस योजनामा सहभागी हुनेछन्। विजेता छनोट प्रक्रिया विद्युतीय प्रणालीमार्फत हुनेछ भने कम्पनीका कर्मचारीलाई भने यो अफर लागु हुने छैन।यस अफरमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.