आज मितिः २०८३ श्रावण ८ गते

अर्थमन्त्री वाग्लेले गरे आन्तरिक राजस्व विभागको अनुगमन

काठमाडौँ –

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरेका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्।

कार्यक्रममा अर्थमन्त्री डा‍‍.वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर सङ्कलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.