विभिन्न ठाऊमा अत्याधिक गर्मी हुने चेतावनी ! कसरी जोगिने ?
चितवन । मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिम तराईमा तापक्रम अझै बढेर अत्यधिक गर्मी हुने चेतावनी दिएको छ । मधेशसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिका तराईका धेरै स्थानमा आगामी शुक्रबारसम्म अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । त्यसमा पनि गण्डकीका नवलपरासी, भैरहवा, कपिलवस्तु, दाङको दक्षिणी क्षेत्र, बाँके र बर्दियामा तातो हावाको लहर चल्न थालेको छ । मधेशसँगै सुदूरपश्चिमका तराईको तापक्रम भने बुधबार ३९ डिग्रीसम्म कायम रह्यो । तर, पूर्वी तराईमा ३५ डिग्रीआसपाससम्म पुगेको थियो । पूर्वी तराईमा भने स–सानो मौसमी प्रणालीका कारण बादल र वेलावेला वर्षा पनि भइरहेकाले तापक्रम बढ्न पाएको छैन । भैरहवाको तापक्रम उच्च कायमै बुधबार पनि सबैभन्दा धेरै तापक्रम भैरहवामा मापन…