आज मितिः २०८२ पुष ६ गते

हङकङमा आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक

हङकङ-

हङकङमा आगलागीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिने शोक शुरू भएको छ । बुधबार वाङ्फुक कोर्ट नामक विशाल हाउजिङ कम्प्लेक्समा भएको आगलागीमा ज्यान गुमाएकाहरुको सम्झनामा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले शनिबारदेखि तीन दिन शोक मनाएको हो ।

शोकको शुरूआतमा हङकङका अधिकारीहरूले आगलागीमा ज्यान गुमाएकाहरूको सम्झनामा तीन मिनेट मौन धारण गरेका छन् । आगोमा परी कम्तीमा एक सय २८ जनाको ज्यान गएको छ । दुई सय जना भन्दा धेरै बेपत्ता छन् । ब्लकहरूमा चलिरहेको मर्मत सम्भारको काममा कमजोरी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् भने हत्या आरोपमा तीन जना गरी जम्मा ११ जना पक्राउ परेका छन् ।

यसैबीच चीनले भवनमा आगलागी जोखिम कम गर्न व्यापक अभियान शुरू गरेको छ । हङकङमा भएको भयानक आगलागीपछि चीनमा यस्तो अभियान शुरू गरिएको हो । चीनको सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार चीनको राज्य परिषद् सुरक्षा समितिले भवनमा मुख्य आगलागी जोखिम पहिचान गरी सुधार गर्ने अभियान शुरू गरेको छ । अभियानअन्तर्गत भवनहरूमा सजिलै जल्ने सामग्रीको प्रयोग जाँच गरिनेछ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.