आज मितिः २०८३ बैशाख ५ गते

उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला चितवनमा सम्पन्न

भरतपुर-

चितवनमा आयोजना भएको उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।

चितवनको भरतपुरमा सम्पन्न भेलामा केन्द्रीय समिती सदस्य संजिव भट्टराई (चितवन) , ई. डा. शंकर ढकाल (काभ्रे) र डा. आशुतोष विजय पन्त (ललितपुर) को उपस्थिति थियो

केन्द्रीय सदस्य संजिव भट्टराईले पार्टिको साङठनिक र नितिगत बिषयहरुमा अभिमुखिकरण गर्नुभयो। भेलामा ५० भन्दा बढी विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्ति तथा पार्टी सुभेच्छुक र सदस्यहरुको  उपस्थिती थियो।

चितवनका ३ वटै निर्वाचन क्षेत्रहरूमा अन्तर्गत क्षेत्र १ मा कुशल के. सि, क्षेत्र २ मा सरला लामिछाने र क्षेत्र ३ मा समीर के. सिलाई सर्वसम्मतले निर्वाचन क्षेत्र सम्पर्क व्यक्ती तोकीएको छ ।

कुशल नेपाल-अष्ट्रेलिया प्रवासी नेपाली संगठनमा सकृय छ्न, सरला विवेकशील आन्दोलनको एक नेत्री हुन भने समीर केसि विभिन्न संघ संस्थामा आबद्ध तथा सामाजिक अभियन्ता हुन ।

यस्तै आगामी १७ गते काठमाडौमा हुन लागेको पार्टी घोषणा सभामा चितवन जिल्लाबाट व्यापक उपस्थितिको लागि सम्पुर्ण सदस्यहरुलाई परिचालन हुन केन्द्रीय सदस्य संजिव भट्टराईले आग्रह गर्नुभयो। साथै सम्पुर्ण पार्टी पंक्तिलाई निर्वाचन केन्द्रीत संगठन निर्माण तथा प्रचारप्रसार कार्यक्रममा लाग्न निर्देशन गरियो।

मंसिर १७ को घोषणा कार्यक्रम लगत्तै जिल्ला कमिटी निर्माण गर्ने निर्णय गरी भेला सम्पन्न भएकाे थियाे।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.