रवि रोषी-
रत्ननगरमा पुर्ण विशेषज्ञ सेवा सहितको पोलिक्लिनिक सन्चालनमा आएको छ ।
एपोलो मल्टी स्पेशियालिटी पोलिक्लिनिक नामले सन्चालित उक्त पोलिक्लिनिक चितवनको रत्ननगर टाँडी बजारको मुटु नेपाल बैंक लिमिटेड टाँडी शाखाको नजिकै पोलिक्लिनिक सन्चालनमा ल्याएर बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले खोलिएको छ ।
उक्त पोलिक्लिनिकमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.शंकर लौडारी र डा. मणि प्रसाद गौतम, नेपालकै पहिलो इन्डोक्राइनोलोजिष्ट तथा वरिष्ठ थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशी, वरिष्ठ मृगौलारोग विशेषज्ञ डा। प्रशान्त ओझा, वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. सुदिपमान बैध्य, डा। सुरज विडारी र रविन्द्र अधिकारी, वरिष्ठ सर्जन डा. अभिषेक रेग्मी, नाक, कान, घाँटीका वरिष्ठ चिकित्सक डा. सुरेश शर्माद्वारा स्वास्थ्यसेवा प्रदान गरिदै आएको छ ।

त्यसै गरी वरिष्ठ स्त्री प्रशुती रोग विशेषज्ञ डा. रमेश पौडेल, वरिष्ठ छाला रोग विशेषज्ञ डा. सविन कँडेल, वरिष्ठ बालरोग विशेषज्ञ डा। किशोर उप्रेती, डा.जीवन खरेल तथा डा. सुजन बाबू भट्ट, वरिष्ठ मनोरोग चिकित्सक डा. खगेन्द्र काफ्ले, तथा डा. विवेक मालाकारले उच्च स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको बारेमा उक्त पोलिक्लिनिकका कार्यकारी अध्यक्ष डा. सन्तोष शर्मा भुषालले उद्वार मीडियालाई जानकारी गराउनुभयो ।
यसको अलावा अत्याधुनिक प्रविधियुक्त ज्ञद्द लिड्स इसिजी र वरिष्ठ मुटरोग विशेषज्ञबाट इको कार्डियोग्राफि (बरिष्ठ मुटरोग विशेषज्ञबाट ) मुटुको भिडियो एक्सरे गरिने व्यवस्था रहेको जानकारी गराउनु भयो ।
सो का साथै फिजियोथेरापी सम्बन्धी उच्च गुणस्तरीय सेवा प्रदान गरिदै आएको र बिरामी लगायत बिरामीको आफन्तजनलाई विशिष्ट परामर्श दिइँदै आएको बारेमा पनि डा. शर्माले जानकारी गराउनुभयो ।
डा. भुषाल आफू पनि बिगत लामो समयदेखि विशेषत: पुर्वी चितवनका बिरामीलाई लक्ष्यित गरी बिरामीहरुलाई स्वास्थ्यसेवा प्रदान गर्दै आउनुभएको छ ।