आज मितिः २०८२ पुष ६ गते

बन्धकहरूको सूचीमा विपिनको नाम पनि 

एजेन्सी-

हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।

 

वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।

 

यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो।

 

 

गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्।

 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए।

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.