आज मितिः २०८३ बैशाख ९ गते

रास्वपा नेतृत्वमा हेरफेर, कुलमान घिसिङ आउने, बालेनको पूर्ण समर्थन

काठमाण्डौ –

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको छ । सभापति रहेका रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह ९बालेन० को सहमतिपछि छलफल तीव्र भएको पार्टीका एक नेताले जानकारी दिए ।

 

उनका अनुसार हाल रवि, बालेन र घिसिङसँग चरणबद्ध छलफल भएको छ । बालेनसँगको छलफलमा पार्टीको नाम र चुनाव चिह्न ९रास्वपा र घण्टी० पुरानै रहने सहमति जुटिसकेको छ । त्यस्तै सभापतिबारे भने सबैलाई मान्य हुने पात्रको खोजी गर्दा घिसिङ उपयुक्त हुने ठहर भएरै उनीसँग समेत बुधबार लामो छलफल भएको स्रोतको दाबी छ ।

 

उक्त स्रोतका अनुसार घिसिङले रवि र बालेनको समर्थन पाएर दर्ता गर्ने तयारीमा रहेको नयाँ पार्टीको प्रक्रिया रोकेका छन् । उनले अब रास्वपाको नेतृत्वमा रहने अन्तिम टुंगो लागेसँगै हाल रहेको मन्त्री पदबाट राजीनामा दिने तयारी छ ।

 

नख्खु जेलबाट निकालिएका लामिछानेकै कारण रास्वपाभित्र तीव्र मतभेद थियो । आन्दोलनपछि उत्पन्न विशेष परिस्थितिमा बालेनले नयाँ राजनीतिक दल खोलेर जेन–जी आन्दोलनको आधिकारिकता ग्रहण गर्न चौतर्फी दबाबसमेत बढेको थियो ।

 

मेयर बालेनले समेत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने चर्चा चलिरहेको थियो । तर, बालेनले परम्परागत राजनीतिक शक्तिहरूसँग जुध्न वैकल्पिक शक्तिहरूको एकतालाई जोड दिने भन्दै नयाँ दल खोल्नुभन्दा रास्वपालाई समथर्न गरेर अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

 

 

‘बालेनलाई कुनै पद चाहिएको छैन । न उहाँ कुनै पदाधिकारीमा बस्नुहुन्छ न प्रधानमन्त्री र अध्यक्षरसभापति नै बन्नुहुनेछ,’ स्रोतले भन्यो, ‘उहाँको चाहना नै जनअपेक्षा अनुरुप वैकल्पिक शक्ति एकजुट भएर असल शासन स्थापना होस् र मुलुकको विकास होस् भन्ने नै रहेको देखिन्छ ।’

 

यसबारे रास्वपाले एक केन्द्रीय सदस्यको नेतृत्वमा संवाद समिति बनाएको थियो । आन्दोलनपछि उत्पन्न परिस्थिति, नख्खु प्रकरण र दलभित्रकै केही नेताहरूको समेत असन्तुष्टिले रास्वपालाई क्षति भइरहेको अवस्थामा थप क्षति हुन नदिन परिस्थिति अनुकूल निर्णय गरेर जान नेताहरू सहमत भएका थिए । रवि र बालेनसँग नजिक रहेर यो भूमिका खेलिरहेका एक नेताले रविलाई समेत भेटेर उनको समर्थन लिएपछि छलफलले अन्तिम रूप लिने तयारीमा रहेको स्रोतको भनाइ छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.