आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाण्डौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको छ । यस्तै स्याङ्जा, नवलपुरलगायत स्थानमा पनि अत्यधिक वर्षा मापन भएको महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थान, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई…
Read More
हेटौंडा बसपार्कको शान्ति, सुरक्षा तथा व्यवस्थापन सुधारसम्बन्धी सामुदायिक प्रहरी, हेटौंडा बसपार्कका अध्यक्ष कँडेलको अपिल

हेटौंडा बसपार्कको शान्ति, सुरक्षा तथा व्यवस्थापन सुधारसम्बन्धी सामुदायिक प्रहरी, हेटौंडा बसपार्कका अध्यक्ष कँडेलको अपिल

हेटौंडा - मकवानपुरको हेटौँडा बसपार्कमा भएको पार्किङ विवादमा धारिलो हतियार प्रयोग हुँदा ४ जना घाइते भए लगत्तै सामुदायिक प्रहरी हेटौंडा बसपार्कका अध्यक्ष प्रदीप कँडेलले एक अपिल गरेका छन ।बसपार्कको शान्ति, सुरक्षा तथा व्यवस्थापन सुधारसम्बन्धी अध्यक्ष कँडेलले सामाजिक संजालमा अपिल गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेको अपिल यस्तो रहेको छ । हेटौंडा बसपार्क हेटौंडा उपमहानगरपालिकाको मात्र नभई समग्र मकवानपुर जिल्लाकै पहिचान, गौरव र सानसँग जोडिएको महत्वपूर्ण सार्वजनिक स्थल हो। त्यसैले बसपार्क क्षेत्रमा देखिँदै आएका झैझगडा, लफडा तथा विकृतिजन्य गतिविधिहरूको न्यूनीकरण र नियन्त्रणका लागि सम्बन्धित सबै निकायले गम्भीरतापूर्वक पहल गर्न आवश्यक छ।यसका लागि सर्वप्रथम बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका अनधिकृत टिकट काउन्टरहरू…
Read More
इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं- इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा ७।७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि स्थानीय अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। स्थानीय समयअनुसार बिहान करिब ५ बजे गएको भूकम्पको गहिराइ १५ किलोमिटर रहेको थियो। भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गाराको नागेकेओबाट करिब ३० किलोमिटर टाढा रहेको बताइएको छ। इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी निकायले भूकम्पको प्रारम्भिक अध्ययनबाट पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तमा सुनामी आउन सक्ने सम्भावना रहेको बताएको छ। राष्ट्रिय विपद् व्यवस्थापन निकायले भूकम्पपछि सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्नु र परकम्प तथा त्यससँग सम्बन्धित जोखिमबाट थप क्षति हुन नदिनु आफ्नो मुख्य प्राथमिकता रहेको जनाएको छ।…
Read More
खाडी देशले तेल कारोबारको बाटो बदल्दै, वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च

खाडी देशले तेल कारोबारको बाटो बदल्दै, वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च

काठमाडौं- खाडी देशहरूले विश्व बजारमा तेल पुर्‍याउने पुरानो बाटो इरानसँगको युद्धपछि परिवर्तन गर्न थालेका छन्। यसअघि कम लागतमा तेल उत्पादन गरेर होर्मुज जलडमरूमार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पठाउने गरेका खाडी देशहरू अहिले उक्त मार्गमाथिको निर्भरता घटाउन नयाँ पाइपलाइन, तेल भण्डारण र वैकल्पिक निर्यात मार्ग निर्माणमा अर्बौँ डलर खर्च गरिरहेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि होर्मुज जलडमरूमार्ग हुँदै हुने तेल ढुवानी निरन्तर प्रभावित भएको छ। समुद्री बारुदी सुरुङ, क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जोखिम, अमेरिका र इरानबीचको नाकाबन्दी तथा बढ्दो बिमा लागतका कारण यस मार्गबाट दैनिक पार हुने कच्चा तेलको मात्रा २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा…
Read More
रोल्पा थवाङको पहिरोमा परी १० जनाको मृत्यु, तीन जना अझै बेपत्ता

रोल्पा थवाङको पहिरोमा परी १० जनाको मृत्यु, तीन जना अझै बेपत्ता

रोल्पा- रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोले घर तथा गोठ पुरिँदा उनीहरूको मृत्यु भएको हो। पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ भने बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ। पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्। बेपत्ता भएका अन्य पाँच जनाको शव भने प्युठानमा फेला परेको हो। फेला परेका शवमध्ये थबाङ गाउँपालिका–५ कोटलबाराका कुमार पुन…
Read More
तीन सल्लाहकार नियुक्त गर्दै ऊर्जामन्त्री श्रेष्ठ

तीन सल्लाहकार नियुक्त गर्दै ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन्। मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका हुन् । मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन्। यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए। नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन्। मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र…
Read More
जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।पत्रकार श्रेष्ठ बुधबार राति पक्राउ परेका थिए । उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।विहिबार न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् ।
Read More
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं - जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उनलाई पक्राउ गरिएको हो। श्रेष्ठको पक्राउको विरोधमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौं प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरे। पत्रकारहरूले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। उनीहरूले समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न…
Read More
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेट्सवे इण्टरनेशनल कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत ललितपुर महालक्ष्मी नगरपालिका(७ बस्ने २९ वर्षीय प्रतिक बुढाथोकी, ललितपुर महानगरपालिका(२ बस्ने महालक्ष्मी नगरपालिका(१० घर भएका ३९ वर्षीय सन्त बहादुर लामा र काठमाडौं तारकेश्वर नगरपालिका(४ बस्ने गोरखा आरूघाट गाउँपालिका(५ घर भएका ३१ वर्षीय रमेश धमला रहेका छन् । पक्राउ मध्ये प्रतिकले जापान पठाइदिन्छु भन्दै १ सय १५ जना पीडितहरूबाट २ करोड ८० लाख रूपैयाँ, सन्त बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र रमेशले सर्विया पठाइदिन्छु भन्दै १…
Read More
कप्तान मेस्सी फुटबलबाट सन्यास लिने संकेत

कप्तान मेस्सी फुटबलबाट सन्यास लिने संकेत

कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । पिताको निधनपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेस्सीले भनेका छन, ‘बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ ।’ उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन् । मेस्सीले भनेका छन्, ‘आफूले जीवनभर फुटबल खेलेपनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन ।’ पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.