आज मितिः २०८३ श्रावण ३१ गते

हेटौंडा बसपार्कको शान्ति, सुरक्षा तथा व्यवस्थापन सुधारसम्बन्धी सामुदायिक प्रहरी, हेटौंडा बसपार्कका अध्यक्ष कँडेलको अपिल

हेटौंडा –

मकवानपुरको हेटौँडा बसपार्कमा भएको पार्किङ विवादमा धारिलो हतियार प्रयोग हुँदा ४ जना घाइते भए लगत्तै सामुदायिक प्रहरी हेटौंडा बसपार्कका अध्यक्ष प्रदीप कँडेलले एक अपिल गरेका छन ।बसपार्कको शान्ति, सुरक्षा तथा व्यवस्थापन सुधारसम्बन्धी अध्यक्ष कँडेलले सामाजिक संजालमा अपिल गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेको अपिल यस्तो रहेको छ । हेटौंडा बसपार्क हेटौंडा उपमहानगरपालिकाको मात्र नभई समग्र मकवानपुर जिल्लाकै पहिचान, गौरव र सानसँग जोडिएको महत्वपूर्ण सार्वजनिक स्थल हो।

त्यसैले बसपार्क क्षेत्रमा देखिँदै आएका झैझगडा, लफडा तथा विकृतिजन्य गतिविधिहरूको न्यूनीकरण र नियन्त्रणका लागि सम्बन्धित सबै निकायले गम्भीरतापूर्वक पहल गर्न आवश्यक छ।यसका लागि सर्वप्रथम बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका अनधिकृत टिकट काउन्टरहरू बन्द गरिनुपर्ने तथा यातायात व्यवसायीहरूले सञ्चालन गरेका आधिकारिक टिकट काउन्टरहरूको समेत व्यवस्थित अभिलेख राखिनुपर्ने आवश्यकता छ।

बसपार्कमा काउन्टर सञ्चालन गर्ने प्रत्येक यातायात व्यवसायीले आफ्नो काउन्टरमा कार्यरत कर्मचारीहरूको नामावली सम्बन्धित निकायमा अनिवार्य रूपमा उपलब्ध गराउने तथा काउन्टरमा कार्यरत प्रत्येक कर्मचारीका लागि फोटोसहितको परिचयपत्र ९क्ष्म् ऋबचम० अनिवार्य गर्ने व्यवस्था गरिनुपर्छ। परिचयपत्रमा कर्मचारीको नाम, पद, सम्बन्धित यातायात व्यवसायीरकम्पनीको नाम तथा आवश्यक पहिचान विवरण स्पष्ट रूपमा उल्लेख गरिनु उपयुक्त हुन्छ।

उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएरनभएको विषयमा जिल्ला प्रहरी कार्यालय, मकवानपुर, बसपार्क प्रहरी चौकी तथा सम्बन्धित स्थानीय तहले नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था गरिनुपर्छ। यसबाट काउन्टरमा को कार्यरत छ भन्ने स्पष्ट हुने तथा कुनै अप्रिय घटना भएमा सम्बन्धित व्यक्तिको पहिचान र जवाफदेहिता निर्धारण गर्नसमेत सहज हुनेछ।त्यसैगरी, काउन्टरमा कार्यरत कर्मचारीहरू लागुऔषध तथा मादक पदार्थ सेवनबाट टाढा रहेको सुनिश्चित गर्न आवश्यक निगरानी तथा नियमन गरिनुपर्छ।

बसपार्क क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुरक्षाका लागि २४ सै घण्टा समयअनुकूल ड्युटी रहने गरी ट्राफिक प्रहरीको प्रभावकारी व्यवस्था गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।यी विषयहरू मैले विगत लामो समयदेखि, अझ स्पष्ट रूपमा भन्नुपर्दा पछिल्लो सात वर्षदेखि नै, सम्बन्धित निकाय तथा जिल्ला प्रहरी कार्यालयसमक्ष निरन्तर उठाउँदै र ध्यानाकर्षण गराउँदै आएको छु। जिल्ला प्रहरी कार्यालयबाट पटक–पटक पहलसमेत हुँदै आए पनि समस्याको स्थायी समाधान हुन सकेको छैन।

अहिले घटना घटिसकेको अवस्थामा भने यस विषयलाई अझ गम्भीरतापूर्वक लिएर प्रभावकारी अनुगमन, निगरानी र कार्यान्वयन गरिनेछ भन्ने अपेक्षा गरेको छु। वर्तमान जिल्ला प्रहरी प्रमुखज्यूले यस विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक निर्देशन तथा समन्वय गरी बसपार्क क्षेत्रको शान्ति, सुरक्षा र व्यवस्थापन सुधारमा ठोस पहल गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।

त्यसैगरी, हेटौंडा बसपार्क हेटौंडा उपमहानगरपालिकाको सान, पहिचान र प्रतिष्ठासँग जोडिएको स्थल भएकाले हेटौंडा उपमहानगरपालिकाले पनि विशेष चासोका साथ नियमित अनुगमन तथा आवश्यक पहल गरोस् भन्ने मेरो हार्दिक अपेक्षा छ। हेटौंडा बसपार्कलाई सुरक्षित, व्यवस्थित, मर्यादित र यात्रुमैत्री बनाउन प्रहरी प्रशासन, स्थानीय तह, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक छ।बसपार्क केवल यातायात सञ्चालन हुने स्थान मात्र नभई हेटौंडा प्रवेश गर्ने यात्रु तथा आगन्तुकले पहिलोपटक अनुभव गर्ने महत्वपूर्ण सार्वजनिक स्थल भएकाले यसको सुरक्षा, अनुशासन, स्वच्छता र व्यवस्थापनले समग्र हेटौंडा र मकवानपुरको पहिचान र प्रतिष्ठालाई समेत प्रतिबिम्बित गर्दछ।

उनले सामाजिक सञ्जालमा अपिल मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनको अपिल माथि कमेन्ट गर्दै विक्रम लाल श्रेष्ठले सम्बन्धित निकायलाई जानकारीसहित डेलिगेसन जानुपर्ने र अव्यवस्थित बसपार्कलाई व्यवस्थित गर्नलाई वडावासी र स्थानीयले सहयोग सहयोग गर्नुपर्ने बताएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.