आज मितिः २०८३ असार ५ गते

समाचार

लोक संगीतलाई मौलिकता आवश्यक, गायिका सुनार

लोक संगीतलाई मौलिकता आवश्यक, गायिका सुनार

काठमाण्डौ । गीत संगीतको क्षेत्रमा करिब डेढ दशक लामो संघर्ष गरिसकेकी गायिका सुनिता सुनारको स्वरमा सजिएको गीत "बम्बैको सारी" सार्वजनिक भएको छ । गीतमा उनलाई गायक हरि गिरी बिमर्शीले साथ दिएका छन् । एक साता अघी गायिका सुनिता सुनारको आफ्नै यु-ट्युव च्यानल बाट सार्वजनिक उक्त गीतलाई १ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा हरि गिरी बिमर्शीको शव्द अनि संगीत रहेको छ भने भिडियोमा रामजी लामिछानेको निर्देशनमा संचिता बोलखे र प्रभात पाल ठकुरीले अभिनय गरेका छन् । विक्रम सम्बत २०५४ सालमा लमजुङमा जन्म लिएकी गायिका सुनिता सुनार २०६४ सालमा चितवन बसाईसराई गरेर आए संगै गीत संगीतमा वाल्य अवस्था देखि…
Read More
चितवन सेवा समाज नेपालद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन सेवा समाज नेपालद्धारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवन   चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले  बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले यहि फागुन ३ गते शनिवार, भरतपुर १० चौविसकोठीमा विहान ९ बजेबाट कार्यक्रम शुरु गरि दिउँसो १२ बजे समापन गरेको थियो ।   हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालले विभिन्न संघ-संस्था कलेज विभिन्न क्षेत्रसँग समन्वय गरी  रक्तदान कार्यक्रम राखिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले  जानकारी दिनु भयो ।   भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको…
Read More
आज केही प्रदेशमा हिमपातको सम्भावना

आज केही प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं- हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। केही भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ। बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश…
Read More
कोलारका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

कोलारका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग

रत्ननगर-   चितवनको कालिका नगरपालिका वडा नं. ९ मा रहेको श्री महाँकाली आधारभूत बिद्यालय (कक्षा १ देखि कक्षा ५ सम्म) कोलारका १२० जना बिद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।   नेपाल हिल्से डिरेक्ट संस्थाले शुक्रवार बिद्यालयमा पुगेरै सहयोग गरेको हो । कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी, वडा नं. ९ का वडा अध्यक्ष निलकण्ठ मगर, नेपाल हिल्से डिरेक्टका कोडिनेटर श्रीलाल परियार, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्य लगाएको टोलिले बिद्यार्थीहरूलाई ट्याकसुट, ब्याडमिन्टन, भलिबल, फुटबल, कपी, कलम लगाएत बिद्यालय पोशाक र शैक्षिक सामग्री बितरण गरेकाहुन् ।   नयाँ पोशाक, खेलकुद र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी…
Read More
सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लव विजयी भएको छ । जनजागृती क्लव मनहरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइबेकरमा नतिजा निकालिएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने स्वेता क्षेत्री म्यानअफ दी म्याच घोसित भएकी छन् । प्रतियोगिताको विजेतालाई उपाधि सहित ३० हजार र उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने छ । फेस्टिबल अन्तर्गत विहीबार भएको डोरी तान्ने प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको समुह विजयी भएको…
Read More
रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

१ फागुन, रत्ननगर । गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो । वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो सम्म नै पुगेको बताउनुभयो । भेटघाटको क्रममा व्यवसायीहरु उत्साहित समेत रहेको उँहाको भनाई छ । भेटघाट तथा घरदैलो सकिए संगै करदाताको लागी दोस्रो चरणमा वडा कार्यालयले करदाता शिक्षा कार्यक्रमको आयोजना गर्ने रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयको सचिव सुर्य…
Read More
कोशी प्रदेस सभा सचिवालयका सचिव पराजुलीसहित ९ जना भ्रष्टाचार कसुरमा दोषी ठहर

कोशी प्रदेस सभा सचिवालयका सचिव पराजुलीसहित ९ जना भ्रष्टाचार कसुरमा दोषी ठहर

विराटनगर-   कोशी प्रदेस सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुली भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेशसभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको छ। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको हो। पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ। उनले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ। यसैगरी एमाले नेता निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा ८३…
Read More
आज स्वस्थानी व्रत समापन गरिँदै

आज स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं- माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।   पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्। त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ। विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी,…
Read More
सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन  

सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिवल सुरु : पर्यटनमन्त्री ठकुरीले गरे उद्घाटन  

रत्ननगर - बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले १९औं सौराहा फुड फेस्टिवल (खाना महोत्सव) उद्घाटन गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको एक भब्य समारोहका बीच पर्यटनमन्त्री ठकुरीले उद्घाटन गरेका छन् । सो अबसरमा उनले सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाईमा पु¥याउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।   सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य हो उनले भने सौराहाको पर्यटन मार्फत प्रदेशको आर्थिक अबस्था मजबुत बनाउछौं । लोक संस्कृति मार्फत पर्यटनको विकास गर्न सकिने भन्दै उनले सौराहाको विकासको लागि गुरुयोजना बनाएर काम गर्न सरकार तयार रहेको बताए…
Read More
चितवन सेवा समाज नेपालले बृहत खुल्ला रक्तदान गर्दे

चितवन सेवा समाज नेपालले बृहत खुल्ला रक्तदान गर्दे

चितवन चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले  बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्ने भएको छ । समितिले यहि फागुन ३ गते  भरतपुर १०, चौविसकोठीमा विहान ८ बजेबाट कार्यक्रम गर्न लागेको हो । हाल भइरहेको रगतको अभावका कारण मानवीय जीवन रक्षाको निमित्त चितवन सेवा समाज नेपालले विभिन्न संघ-संस्था ,कलेज, विभिन्न क्षेत्रसँग समन्वय गरी  रक्तदान कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्टले  जानकारी दिनु भयो । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको चितवन सेवा समाज नेपाल विभिन्न देशहरुसँग सम्बन्धित केन्द्रिय कार्यलय रहेको उक्त संस्थामा बैदेशिक रोजगारको शिलशिलामा विदेश रहेका नेपाली नागरिकहरु आवद्ध रहेका छन् ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.